मलको चरम अभावः सरकारले मल दिंदैन, भारतबाट ल्याउँदा पक्राउ गर्छ – Dastabej

मलको चरम अभावः सरकारले मल दिंदैन, भारतबाट ल्याउँदा पक्राउ गर्छ


  • दस्तावेज


  • नेपालगन्ज । खेत जोतेर तयार छ । तर किसानले गहुँ छरेका छैनन् । किन त ? ‘डिएपी मलबिना कसरी गहुँु छर्ने । मलविना उब्जनी हुँदैन,’ बाँके जानकी गाउँपालिका मानपुरका किसान उद्धव यादव भन्छन्,‘दुई हप्तोदेखि मलको लागि दौडधुप गरिरहेको छु । भेटेको छैन ।’ उद्धबमात्रै होईन, बा“के र बर्दियाका हजारौ किसान मलका लागि दौडधुप गरिरहेका छन् । तर उनीहरुले मल नपाउँदा हिउँदे बाली लगाउने समय घर्किदै गएको गुनासो गर्छन । यतिबेला पश्चिम मधेसमा मलको चरम अभाव भएको छ । मल अभाव भएको यो पहिलो वर्ष होईन । हरेक वर्ष चरम मल अभावका कारण किसानहरु समस्यामा पर्दै आएका छन् ।

    नेपालमै मल किन्न नपाँउदा किसान भारतबाट चोरी गरेर मल ल्याउने गरेका छन् । भारबाट मल ल्याउँदा प्रहरीले पक्राउ गरिरहेका कारण किसान बेखुस छन् । ‘सरकारले मल दिंनसक्दैन । भारतबाट ल्याउँदा पुलिसले खोस्छ । यो कस्तो नियम हो,’ बर्दिया बढैयाताल गाउँपालिका ५ का रामबृक्ष चौधरी भन्छन्,‘खेतिपाती गर्नु भनेको अपराधि बन्नु हो । मल पैसा दिएर पाईदैन । भारतबाट ल्याउँदा पक्राउ गर्छ ।’ भारतबाट मल ल्याउन नपाउँदा किसानले गहुँ छर्न सकेका छैनन् ।

    भारतबात तस्करी गरि ल्याएको मल प्रहरीले पक्राउ गर्दा किसान दोहोरो मारमा पर्दै आएका छन् । कृषि सामाग्री संस्थान कम्पनी लिमिटेड बाँके र बर्दियाले खरिद गरेर ल्याएको मल एक दिनमै सकिने गरेको छ । कृषि सामाग्री संस्थान कम्पनी लिमिटेड बा“केका प्रमुख रमेश पौडेलले ६० मेट्रिक टन आएको बताए । उनले उक्त मल एकै दिनमै सकिएको बताए । उनले आलोपालो पालिकाका किसानलाई मल वितरण गरिरहेको जनाए । ‘माग भन्दा निकै थोरै मल आउछ । एकै दिनमा सकिन्छ,’ उनले भने,‘पछिल्लो पटक आएको मल राप्ती सोनारी र डुडुवा गाउँपालिकाका किसानलाई थोरथोरै वितरण गर्न सहकारीलाई दियौँ ।’ उनका अनुसार बा“केका लागि ३ हजार मेट्रिक टन युरिया, ६ हजार मेट्रिक टन युरिया र १ सय टन पोटास आवश्यक पर्छ । मल विक्रिका लागि ढेड सय सहकारी संस्था कृषि समाग्री लिमिटेडमा दर्ता छन् । त्यस्तै बर्दिया जिल्लाका लागि युरिया, पोटास र डिएपी गरी १२ हजार टन आवश्यक पर्छ । मल विक्रिका लागि १ सय २० सहकारी संस्था कृषि समाग्री लिमिटेडमा दर्ता छन् ।

    कृषि सामाग्री संस्थान कम्पनी लिमिटेड बर्दियाका प्रमुख मोहनसिंह केसीले यस वर्ष ५ सय मेट्रिक टनमात्रै मल आउने बताए । आएको मल एकै दिनमा सकिएको उनले जनाए । ‘बर्दियाका लागि मल १३ हजार मेट्रिक माग छ । हामीले पाउने कोटा ५ सय हो अनि कसरी मल पु¥याउन सकिन्छ,’ उनको प्रश्न छ । कृषि समाग्री कम्पनी लिमिटेडले यस वर्ष प्रति बोरी युरिया मल ८४६, डिएपी २२९६ र पोटास १६९६ रुपैया“ मल तोकेको छ ।
    भारतबाट तस्कारी गरी ल्याएको सरदार नामक डिएपी मल कम्तिमा १ हजार ८ सयदेखि २ हजार ५ सय रुपैयाँमा किसानहरु किन्न बाध्य छन् । त्यसरी किनेर ल्याएको मल पनि घरसम्म ल्याउन किसानलाई मुस्किल छ । मल ल्याईरहेको अवस्थामा प्रहरीको निगरानीमा परे पक्राउ पर्ने डर उनीहरुलाई छ । ‘मल पनि नदिने भारतबाट ल्याउँदा प्रहरीले पक्राउ गरेर दुःख दिन्छ,’ खजुरा गाउ“पालिका रनियापुरका जाबेद खाँ भन्छन् । यतिबेला किसानहरु धान काटेर धमाधम हिउँदी बाली छरिरहेका छन् । सरकारले मल समयमै नदिंदा किसानलाई दुख्ख हुन्छ ।’ स्थानीय कृषि सहकारीमा तीन÷चार पल्ट धाए पनि मल पाउन सकेका छैनन् । मल नहाल्दा उत्पादन घट्ने कृषि अधिकारी बताउँछन् ।

     

  • ८ मंसिर २०७८, बुधबार ०८:४० प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान