कांग्रेस महाधिवेशन : डोटीमा सभापतिका लागि पुनः मतदान – Dastabej

कांग्रेस महाधिवेशन : डोटीमा सभापतिका लागि पुनः मतदान


  • दस्तावेज


  • डोटी, ८ मङ्सिर (रासस) :नेपाली कांगे्रसको १४औँ महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ । मङ्गलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो ।

    जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिका अनुसार मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए । नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गर्नुभएको थियो । एकाउन्न प्रतिशत मत ल्याउने उम्मेदवार मात्रै विजयी हुने कांग्रेसको विधानमा व्यवस्था छ । जिल्लामा कूल एक हजार १०७ मतदाता छन् ।

  • ८ मंसिर २०७८, बुधबार १०:५८ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान