ठाकुरबाबा नगरपालिकामा कोरोना बिरुद्धको खोपको अनुगमन – Dastabej

ठाकुरबाबा नगरपालिकामा कोरोना बिरुद्धको खोपको अनुगमन


  • दस्तावेज

  • नेपालगन्ज । बर्दिया ठाकुरबाबा नगरपालिकाका वडाहरुमा सन्चालन गरिएको कोरोनाबिरुद्धको खोपको अनुगमन गरिएको छ । अनुगमनपछि खोप केन्द्रमा सुधार गर्नुपर्ने बारे अनुरोध गरिएको छ । ठाकुरबाबा नगरपािलकाका ९ वटा वडैमा बुधबारदेखि कोरनाबिरुद्धको खोप अभियान सन्चालन गरिएको छ । पालिकाले शत प्रतिशत नगरिकहरुलाई कोरोनाबिरुद्धको खोप सन्चालन गरिएको हो । खोप अभियान एक सातासम्म सन्चालन गरिने छ । ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, थारु महिला उत्थान केन्द्र बर्दियाका कार्यकारी निर्देशक प्रिजमसिंह थारु, ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाका ईन्द्रबहादुर राजबंशी, राजेश्वर खनाल, बिष्णु ज्ञवाली, बर्दिया अस्पतालका अध्यक्ष अंगद श्रेष्ठलगायतको टोलीले अनुगमन गरेको हो ।
    कोरोनाबिरुद्धको खोपका लागि थारु महिला उत्थान केन्द्र बर्दियाले आवश्यक स्वास्थ्य समाग्रीहरु सहयोग गरेको छ । केन्द्रले बर्दियाका पालिकाहरुमा स्वास्थ्यसंगै विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

     

  • ८ मंसिर २०७८, बुधबार १५:१९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान