नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए – Dastabej

नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए


  • दस्तावेज


  • File PHoto

    नेपालगन्ज । नेपालगन्ज बिमानस्थलमा दुई महिनायता जहाजमा तीन पल्ट बन्यजन्तु ठोकिएका घटना भएका छन् । बुधबार काठमाडौंबाट आएका जहाज अवतरणका क्रममा स्याल ठोक्किएर क्षतविक्षत भएको छ । दुई साताअघि काठमाडौंका लागि उडान गर्न धावन मार्गमा रन गरिरहेको जहाजमा तीन वटा बँडेल ठोक्किएको थियो । त्यसको दुई दिन पहिले जहाजमा दुम्सी ठोक्किएको थियो ।
    तर बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खडकाले भने नेपालगन्ज बिमानस्थलमा झाडी भरिएकाले बन्यजन्तुहरु जहाजमा ठोक्किने गरेको बताए । स्थानीय प्रशासनको पहलमा बिमान स्थलमा रहेको झाडी सफा गरिएको छ । तर पनि बन्यजन्तुहरु भने अझै बिमानस्थलमा रहेकाले दुर्घटना टरेको छैन ।

    नेपालगन्ज बिमानस्थलको पुर्बदक्षिणमा वन क्षेत्र छ । त्यहाँबाट सहजै बन्यजन्तुहरु बिमानस्थल प्रवेश गर्न सक्छ ।

    प्रमुख जिल्ला अधिकारी खडकाले बिमानस्थल प्रशासनले झाडी सफा गर्न बजेट अभाव देखाएपछि सुरक्षाकर्मी लगाएर भए पनि बिमानस्थलभित्रको झाडी सफा गराएको बताए ।https://dastabej.com/2021/12667/

    नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोक्कियो जहाज

     

    दुई दिनअघि जहाजमा ठोक्किएको थियो दुम्सी, नेपालगन्ज एयरपोर्टमा कहाँबाट आयो बँडेलको बथान ?

    बन्यजन्तु धपाउन नेपालगन्ज विमानस्थलको झाडी फाँडिदै

  • ९ मंसिर २०७८, बिहीबार ११:०० प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान