नेपाली कांग्रेस अधिबेशनः बाँकेका तीन निर्वाचन क्षेत्रमा मतदान हुँदै – Dastabej

नेपाली कांग्रेस अधिबेशनः बाँकेका तीन निर्वाचन क्षेत्रमा मतदान हुँदै

क्षेत्र नम्बर ३ मा नक्की खाँ निर्विरोध


  • दस्तावेज

  •  

    नेपालगन्ज । कांग्रेसको १४ औँ अधिबेशनका लागि बाँकेका तीन निर्वाचन क्षेत्रमा आज बिहिबार नेतृत्व चयनका लागि मतदान हुँदै छ । क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ को नेतृत्वका लागि उम्मेदवारी दर्ता भइसकेको छ । तर क्षेत्र नम्बर ३ मा नक्की खाँ निर्विरोध निर्वाचित भएका छन् ।

    यस्तै क्षेत्र नम्बर १ का मतदान अधिकृत मेहरसिंह खत्रीका अनुसार सभापति पदमा पोषणराज केसी र माधवराम खत्री ९ढकाल०, सचिवमा खुम बहादुर बस्नेत, जयश्वर पौडेल, बजारु थारु र लालबहादुर राना तथा सहसचिवमा दिपेन्द्र उप्रेती, देवनारायण काफ्ले, रामबहादुर रावत र हरिशंकर पाण्डेको उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रका लागि २४ जनाको कार्यसमितिमा ४८ र २५ जनाको महाधिवेशन प्रतिनिधी पदमा ५० जनाको उम्मेदवारी दर्ता भएको खत्रीले बताए । कोहलपुरस्थित भेरी सितभण्डारमा बिहान ९ बजेबाट मतदान सुरु हुने उनले जानकारी दिए ।

    यसैगरी क्षेत्र नम्बर २ मा पनि सभापति पदमा रमेशकुमार गुप्ता र विरेन्द्र बहादुर शाहको उम्मेदवारी दर्ता भएको छ । सचिवमा आशिष वर्मा, प्रदिप साहु, बुद्धिसागर सुवेदी र सुनिलसिंह हमालको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए ।

    ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।

    यस्तै सहसचिवमा ओमप्रकाश चौहान, तरुण बज्राचार्य, रमेश तिमिल्सिना र सविर खाँले उम्मेदवारी दिएका छन् । क्षेत्रीय कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधिमा पनि उम्मेदवारी परेको छ । उनका अनुसार आज बिहान ९ बजेबाट स्थानीय भेरी प्राविधिक शिक्षालयमा मतदान सुरु हुनेछ ।

  • ९ मंसिर २०७८, बिहीबार १२:२० प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान