निरौलाको अध्यक्षतामा साइक्लिङ्ग क्लब – Dastabej

निरौलाको अध्यक्षतामा साइक्लिङ्ग क्लब


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज साइक्लिङ्ग क्लब बाँकेको तेस्रो अधिवेशनले  सतिश निरौलाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेकाे छ। क्लबको बरिस्ठ उपाध्यक्षमा सुरेन्द्र दिप कार्की , उपाध्यक्षमा चन्द्र श्रेष्ठ , सचिवमा प्रदीप सापकोटा , सहसचिवमा कविराम बुढाथोकी कोषाध्यक्षमा राजेस गुप्तालाई निर्वाचित गरेको छ भने सदस्यहरुमा प्रेम केसी, कृष्ण खनाल , बाबुराम बिश्वकर्मा,निरज कार्की (अल्भिन), रमेशराज रेग्मी , बिजयन्द्र जिसि,पन्कजमान श्रेष्ठ , शुभकर मल्ल र दिपक मल्ल निर्वाचित भएका छन् ।

    बाकेको खजुरामा सम्पन्न भएको अधिवेशनको खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतीले उद्घाटन गरेका थिए । उदघाटनका अवसरमा बोल्दै अध्यक्ष कक्षपतीले स्वास्थ्य , पर्यावरण र पर्यटनको नारा लिएर कार्य गर्दै आएको नेपालगन्ज साइक्लिङ क्लब को गतिविधि प्रसँशनिय रहेको बताए । उनले साइकल अभियान लाई आफ्नो पालिका बाट सदैव सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

    कार्यक्रममा खजुरा गाउँ पालिका वडा न-४ का अध्यक्ष तिलकविर सुनार , क्लब का सस्थापक उपाध्यक्ष पन्कज श्रेष्ठ , क्लबका सस्थापक सदस्य तथा कृयटिभ ह्यान्ड्स का अध्यक्ष टिएस ठकुरी लगायतले अधिवेशनको सफलता शुभकामना दिएका थिए ।

    तेस्रो अधिवेशन तथा ५ औं साधारणसभाले कोषाध्यक्ष शालिक सुवेदीले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन र सचिव सुरेन्द्र कार्कीले प्रस्तुत गरेको प्रगतिप्रतिवेदन सुझाव सहित पास गरेको थियो ।

  • ९ मंसिर २०७८, बिहीबार १३:२४ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान