कोभिड प्रभावित पुर्नउत्थानका लागि १ लाख ७५ हजार अमेरीकन डलरको परियोजना – Dastabej

कोभिड प्रभावित पुर्नउत्थानका लागि १ लाख ७५ हजार अमेरीकन डलरको परियोजना


  • दस्तावेज

  • बर्दिया । दलित महिला उत्थान संघ बर्दियाले भारतसंग सीमा जोडिएको बढैयाताल गाउँपालिका, गुलरीया र मधुवन नगरपालिकामा कोभिड १९ प्रभावितहरुको पुर्नस्थापना परियोजना लागु गरेको छ । परियोजनाको लक्षय कोभिडबाट प्रभावित भएका विपन्न परिवारको पुर्नउत्थानका लागि आर्थिक सहयोग र विपन्न किसानलाई छिटो आर्थिक फाईदा हुने खेतीका लागि सहयोग गर्ने रहेको छ ।
    परियोजनाका कार्यकारी प्रमुख विष्णु नेपालीले कोरोनाका कारण बिदेशमा रोजगारी गुमाएर घर फर्किएका व्यक्तिहरुलार्ई आर्थिक आयआर्जनका लागि व्यवसायिक सहयोग र खेती किसानीका लागि बीउबिजनदेखि प्राविधिक सहयोग गर्ने लक्षय राखेको बताईन । उनले कोरोनका कारण विपन्न व्यक्तिहरु आर्थिक मारमा परेको भन्दै छिटो आर्जन हुने व्यवसायमा जोडिने गरी काम गर्ने जनाईन । उनले भनिन्, व्यवसाय गर्न चाहनेलाई आर्थिक सहयोग गछौँ । खेतीमा लागेकालाई त्यही अनुसार सहयोग गर्छौ ।


    उक्त परियोजना १० महिनासम्म लागु हुने छ । त्यस्तै कोरोनको महामारी अझै पनि नटरेकाले पालिकाका स्वास्थ्य केन्द्रहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिने छ । परियोजनाका अधिृकत सुरेन्द्र अधिकारीले कोरोनाबाट प्रभावित व्यक्तिहरुलाई सहयोग गर्ने लक्षय राखेको बताए । उक्त परियोजना लुथरन वर्लड रिलीफको आर्थिक सहयोगमा सन्चालन भएको हो । परियोजनाको बजेट १ लाख ७५ हजार अमेरीकन डलर रहेकोछ ।
    बढैयाताल गाउँपालिकाका उपप्रमुख दिपा गौतमले कोरोनका कारण प्रभावित व्यक्तिहरुलाई सहयोग गरेर ठूलो गुण लगाउने विश्वास व्यक्त गरीन । उनले उक्त परियोजना सफल गराउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाईन ।
    संघकी कोषाध्यक्ष भिमा विकले कोरोना प्रभावित व्यक्तिहरुसंग जोडिएर आएको परियोजनालाई सफल बनाउन सबैले सफल बनाउन आग्रह गरिन ।

  • ९ मंसिर २०७८, बिहीबार १६:१६ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान