नेपालीलाई बधाईः विश्वकप एसिया छनोटमा नेपालद्वारा कुवेत पराजित – Dastabej

नेपालीलाई बधाईः विश्वकप एसिया छनोटमा नेपालद्वारा कुवेत पराजित


  • दस्तावेज


  • काठमाडौँ, ९ मङ्सिर (रासस) ःआइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ ।

    संयुत अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पा¥यो । यसअघि भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

    त्यस्तै नेपाल पहिलो खेलमा भने हङकङसँग ६ विकेटले पराजित भएको थियो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवल एक विकेट गुमाएर पूरा ग¥र्यो । नेपालको जितमा इन्दु बर्माले १३ रन जोडिन भने कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २७ रन जोडेको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन ।
    कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सङ्गीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक–एक विकेट लिए ।
    कुवेत भने अघिल्ला दुबै खेलमा पराजित भएको थियो । कुवेत भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजित भएको थियो । नेपालले अब भोलि मलेसियासँग खेल्नेछ ।

  • ९ मंसिर २०७८, बिहीबार १६:४५ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान