बर्दियाकी एकली थारु महिला वडाध्यक्ष – Dastabej

बर्दियाकी एकली थारु महिला वडाध्यक्ष


  • दस्तावेज

  • बर्दिया । ६ नगरपालिका र दुई गाउँपालिका गरी ८ स्थानीय सरकारका ७४ वडा बर्दियामा छन् । तर थारु बहुल बर्दियामा एक जनामा मात्रै थारु महिला वडाध्यक्ष छिन् । ति मध्ये हुन ठाकुरबाबा नगरपालिकाकी एक्ली वडा अध्यक्ष राधा चौधरी । उनी वडा न. ९ बाट प्रतिनिधित्व गर्छिन । बाँकी आठ वडामा पुरुष वडा अध्यक्ष छन् ।

    नगरसभामा पुरुष वडा अध्यक्षहरुबीच आफ्ना कुरा दरोरुपमा उठान गर्छिन । वडाको विकासका लागि योजना पार्न लड्नु छँदै छ त्यससंगै महिला अधिकारको मुद्दा छोड्नै भएन । कारण— महिला वडा अध्यक्ष भएपछि महिलाहरु बढी आशाबादी देखिन्छन् । उनी वडाबासीको मन जित्न रातदिन विकासकै काममा जुट्छिन । सर्वसाधारणहरुको गुनासो सुन्दै समस्या समाधान गर्दै आएकी छन् । सुरुमा वडा अध्यक्ष हुँदा सरकारी कामको मेसो नपाएका उनले दुई वर्षयता धेरै सिक्न पाएकी छन् । ‘सुरुमा वडा अध्यक्ष हुँदा कसरी काम गर्ने होला भन्ने चिन्ता लाग्थ्यो । बिस्तारै काम गर्दै गएपछि सहज बनेको छ,’ वडा अध्यक्ष चौधरीले भनिन्,‘सबैको मन जित्ने गरी काम गर्ने प्रयास गर्दै आएको छु । मेरो काम गराइको जनताले प्रशंसा गरेको सुन्छु ।’
    वडा अध्यक्ष हुनुअघि उनी विभिन्न सामाजिक संघसंस्थामा काम गर्थिन । आफैले खोलेको सहकारी संस्था खोलेर चलाएका थिईन । यसले उनको राजनीतिक नेतृत्वलाई निखार्न सहयोग गरेको थियो ।

    वडा अध्यक्ष चलाउन नसक्ने भन्दै कुरा काट्नेलाई काम गरेर गतिलो जवाफ दिएको उनको दाबी छ । ‘चुनावका बेला थारु महिलाले के वडा अध्यक्ष चलाउला भनेर केहीले कुरा पनि काटे । मलाई कमजोर पार्न त्यसो भनिएको होला । तर म डराईन र जनताले जिताए,’ नेकपाबाट जितेकी उनले भनिन्,‘वडामा विकासका योजना ल्याएर कुरा काट्नेहरुलाई जवाफ दिएकी छु ।’

  • १२ मंसिर २०७८, आईतवार १४:१४ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन