नरैनापुरमा छात्राहरुलाइ निःशुल्क साइकल वितरण – Dastabej

नरैनापुरमा छात्राहरुलाइ निःशुल्क साइकल वितरण


  • दस्तावेज

  • बाँकेको नरैनापुर गाउँपालिकाले छात्राहरुलाई निःशुल्क साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका ६०० जना छात्राहरुलाई गाउँपालिकाले आज साइकल वितरण गरेको हो ।

    शैक्षिक प्रवर्द्धन तथा विद्यालय भर्ना अभियानलाई बढाउने उद्देश्यका साथ गाउँपालिकाभित्र पर्ने सबै समुदायिक विद्यालयका ६ देखि कक्षा १२ सम्मका ६०० जना छात्राहरुलाई साइकल वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिएका छन् । ४० लाख लागतमा साइकिल खरिद गरिएको हो ।

    निःशुल्क साइकल वितरण कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी नमुना ,गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत बस्नेत, शिक्षा शाखा प्रमुख कृष्णकुमार थारु, लेखा शाखा प्रमुख प्रकाश अधिकारी, जनप्रतिनिधिहरु, स्थानीय, शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । बाँके जिल्लामै पहिलोपटक नरैनापुर गाउँपालिकाले कक्षा ६ देखि १२ सम्मका ६०० छात्राहरुलाई साइकल वितरण गरेको हो ।

  • १६ मंसिर २०७८, बिहीबार २१:२१ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन