गाम्बियामा राष्ट्रपति निर्वाचनको लागि मतदान शुरु – Dastabej

गाम्बियामा राष्ट्रपति निर्वाचनको लागि मतदान शुरु


  • दस्तावेज


  • , गाम्बिया, १८ मङ्सिर (रासस÷एएफपी) – अफ्रिकी राष्ट्र गाम्बियामा पहिलो राष्ट्रपति निर्वाचनका लागि गाम्बियालीहरुले शनिबार मतदान गर्न शुरु गरेका छन् । पूर्व तानाशाह याह्या जाम्मेह निर्वासनमा भागेपछि यहाँ राष्ट्रपतिको लागि निर्वाचन शुरु भएको छ । यस मतदानलाई गाम्बियामा प्रजातान्त्रिक परीक्षणको रुपमा नजिकबाट हेरिनेछ । यहाँ जाम्मेहले १९९४ मा रक्तहीन‘कू’ द्वारा सत्ता कब्जा गरेपछि २२ वर्ष शासन गरेका थिए ।

    पूर्व तानाशाह जाम्मेह जनवरी २०१७ मा इक्वेटोरियल गिनीमा निर्वासनमा जान बाध्य पारिएको थियो । जाम्मेह तत्कालीन आफन्त व्यारो आदामाले मतदानमा पराजित गर्नु भएको थियो । ५६ वर्षीय राष्ट्रपति ब्यारो अहिले पुनः चुनावको लडिरहनु भएको छ । उहाँसँगै पाँच अन्य उम्मेद्वारहरुले पनि चुनावको सामना गर्दै छन् ।
    मतदान स्थानीय समयानुसार बिहान ८ बजे शुरु भएको जनाइएको छ । राजधानी बाञ्जुलमा रहेका मतादान केन्द्रहरुका बिहानैदेखि लामो लाइनहरु रहेका जनाइएको छ । बाञ्जुल छेउछाउको बजारमा करिब ५०० जना मानिस घण्टौं पर्खाइमा लाइनमा बसेका जनाइएको छ ।
    –––

  • १८ मंसिर २०७८, शनिबार १७:२० प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन