नेपालगन्ज टेक्निकल कलेजको स्पष्टिकरणः छात्रा बलात्कार आरोपी शिक्षक रावल स्प्रीङ्ग डेलका सन्चालक – Dastabej

नेपालगन्ज टेक्निकल कलेजको स्पष्टिकरणः छात्रा बलात्कार आरोपी शिक्षक रावल स्प्रीङ्ग डेलका सन्चालक


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज टेक्निकल कलेजले १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पक्राउ परेका ४१ वर्षीय शिक्षक हिम्कत रावल आफ्नो शिक्षक नभई स्प्रीङ्ग डेलको सन्चालक रहेको स्पष्ट पारेको छ । कलेजले एक बिज्ञप्ती जारी गरी शिक्षक रावललाई नेपालगन्ज टेक्निकल कलेजको भन्दै विभिन्न सन्चार माध्यममा समाचार सम्प्रेषण भइरहेको भन्दै स्पष्ट पारेको हो । शिक्षक रावल नेपालगन्जका विभिन्न कलेजहरुमा पार्टटाईमका लागि अंग्रेजी पढाउदै आएका थिए । कलेजले शिक्षक रावललाई सन्चार माध्यमहरुले जवरजस्ती नेपालगन्ज टेक्निकलको प्रीन्सपल भन्दै समाचार सम्प्रेषण भएकोमा दुःख व्यक्त गरेको छ । उसले घटनाको छानबीन गरी आरोपीलाई तत्काल कारवाही गर्नमाग गरिएको छ । साथै उक्त घटनाले आफूहरुलाई दुखी तुल्याएको भन्दै सत्य सही समाचार प्रकाशन प्रशारण गर्न आग्रह गरेको छ ।

    पढाई दिने भन्दै रावलले छात्रालार्ई पटकपटक बलात्कार गरेको आरोप छ । किशोरीलाई पटकपटक होटेलमा र डेरामा बोलाएर उनले बलात्कार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएपछि पक्राउ परेका हुन । किशोरी १२ कक्षामा अध्ययानरत छिन । उनका अनुसार शिक्षक रावलले पढाई दिने, परीक्षामा राम्रो नम्बर दिने भन्दै सुरुमा गएको साउन २७ गते होटेलमा बोलाएर बलात्कार गरेको आरोप छ । त्यसको दुई दिनमा पुनः होटेलमै बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमा शिक्षकले बलात्कार गर्दा भिडियोसमेत बनाएको जनाईएको छ । भिडियो सार्वजनिक गर्ने धम्की दिंदै यौन शोषण गर्दै आएपछि किशोरीले जाहेरी दर्ता गर्नु परेको जनाएका छन् । नेपाल कानुन अनुसार २० वर्ष मुनिका किशोरीलाई मन्जुरी लिएर यौम सम्पर्क गरे बलात्कार गरिएको परिभाषा गरेको छ ।

  • १ पुष २०७८, बिहीबार १६:१५ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ