भरतपुर महानगरको दशौँ नगरसभा – Dastabej

भरतपुर महानगरको दशौँ नगरसभा


  • दस्तावेज


  • चितवन, ८ पुस (रासस) ःभरतपुर महानगरपालिकाको दशौँ नगरसभा आज यहाँ सम्पन्न भएको छ । नगरसभाले रु ४८ करोड ६० लाख बजेट अनुमोदनसँगै प्रज्ञा प्रतिष्ठान विधेयक पारित गरेको हो ।

    सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयको अनुमोदन गरिएको छ । सभामा बोल्दै प्रमुख रेनु दाहालले स्रोतसाधनको सीमाभित्र रहेर केही महत्वाकांक्षी तथा रुपान्तरणकारी योजना सम्पन्न गरेको बताउनुभयो । केही योजना सम्पन्न हुने चरणमा रहेको उहाँको भनाई छ । महानगरले अन्य पालिकाको तुलनामा धेरै गर्न सकेको भन्दै यसमा साथ र सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद दिनुभयो ।

    सङ्घ र प्रदेशको सहकार्यमा ठूला आयोजना अघि बढेको दाहालको भनाइ थियो । पाँच वर्षको अवधिमा महानगरले विकासको क्षेत्रमा फड्को मार्न सकेको बताउँदै उहाँले महत्वपूर्ण आयोजनाको बारेमा जानकारी गराउनुभएको थियो । पार्वती शाह ठकुरीले भौतिक निर्माणमा महानगरले उल्लेखनीय काम गरेको बताउनुभयो । उहाँले भौतिकसँगै रोजगारी सिर्जना, महिला विकास, शिक्षा, स्वास्थ्य जस्ता विषयमा महानगरले काम गर्न सकेको जानकारी दिनुभयो । सबैको साथ, सहयोग र समन्वयमा महानगरको समग्र विकास सम्भव भएको उहाँको भनाइ छ ।

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, वडाध्यक्ष चित्रसेन अधिकारी, हरि आचार्यलगायतले बोल्नुभएको थियो ।

    नगरसभाले रु ४८ करोड ६० लाख बजेट पारित गरेको छ । सो अवसरमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान विधयेक २०७८ पारित गरियो । भाषा, साहित्य, संस्कृति र कला संरक्षण गर्दै मर्यादित र व्यवस्थित ढङ्गले सञ्चालन गर्न विधेयक ल्याइएको बताइएको छ । सोही अवसरमा ४५ जना कर्मचारीलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो ।
    –––

  • ८ पुष २०७८, बिहीबार २१:२४ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ