राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो) – Dastabej

राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)


  • दस्तावेज

  • बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका ५ स्थित समय भवानी सामुदायिक वनको आलीनगर क्षेत्रबाट स्थानीयले बाघ लखेटेका छन् । करिव डेढ सयको संख्यामा जम्मा भएर दमहा, थाली बजाएर बाघ लखेटेका हुन । स्थानीयका अनुसार आलीनगर क्षेत्रमा बाघले पटकपटक आक्रमण गर्न थालेपछि  बाघलाई बाध्य भएर लखेट्नु परेको हो । दमहा बजाउँदै वन प्रवेश गरेका स्थानीयका अनुसार उक्त क्षेत्रबाट भाले पोथी गरी २ पाटे बाघ चुरे तर्फ भागेको छ । राप्ती सोनारी गाउाँलिकाको पुर्बी दक्षिण तर्फ जंगल छ । भारतीय क्षेत्रमा भने घनघोर जंगल क्षेत्र छ ।

    बाघले पटकपटक आक्रमण गर्न थालेपछि डिभिन वन, प्रहरीको सहयोगमा स्थानीहरुले बाघ धपाएका हुन । सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नंं ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण प्रयास गर्ने गरेको थियो ।गएको शनिबार बिहान राप्ती सोनारी–५ बिनौनातर्फ जाने क्रममा जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटालालाई बाघले झम्टिएको थियो ।
    गएको शनिवार दिउँसो नै बाँकेको फत्तेपुरस्थित जङ्गलमा दाउरा खोज्न गएका दुई जनालाई पाटेबाघले घेरा हालेपछि उनीहरु रुखमा चढेर ज्यान जोगाउन सफल भएका थिए ।

    बाँकेमा गत भदौ अन्तिम साता राप्ती सोनारी–१ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको थियो । त्यसको करिब डेढ महिनापछि नरैनापुरमा पनि बाघले मान्छे खाएको थियो । निकुञ्ज क्षेत्रमा रहेका बाघलाई निकुञ्ज कार्यालयले निगरानीमा राख्दै आएको छ । बाघको निगरानी बढाउन त्यस क्षेत्रमा क्यामेरा जडान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

    बाघले आक्रमण गर्नसक्ने खतरा रहेकाले राजमार्गमा स्कुटर चलाउन रोक नै लगाइएको र मोटरसाइकल तथा अटोरिक्सालगायत साना सवारी साधनलाई समूहमा मात्र गुड्न दिइएको छ ।

  • ९ पुष २०७८, शुक्रबार ०७:२९ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ