शिक्षा र कृषिको विकासमा साझेदारी कार्यक्रम – Dastabej

शिक्षा र कृषिको विकासमा साझेदारी कार्यक्रम


  • दस्तावेज


  • झापा, १५ पुस (रासस) ः प्रदेश नं १ कै ठूलो सहकारीका रुपमा स्थापित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विर्तामोड नगरपालिकासँग मिलेर शिक्षा र कृषिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमका लागि सहाराका कार्यकारी निर्देशक महेन्द्र गिरी र नगरप्रमुख धु्रवकुमार शिवाकोटीले सम्झौतामत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा आधारभूत तह कक्षा–१ देखि ५ सम्म प्रविधिमैत्री कक्षा तथा प्रविधिमैत्री शिक्षण सिकाइ कार्यक्रम सञ्चालन, पूर्वाधारयुक्त नगर र विषादीरहित कृषि तथा व्यवसायको अभिवृद्धि र सभ्य तथा स्वस्थ नागरिक बिर्तामोड नरपालिकाको समृद्धि उल्लेख गरिएको छ ।

    नगरपालिकाको रु २८ लाख ४० हजार र सहाराको रु १० लाख गरी कूल रु ३८ लाख ४० हजारको लागतमा शैक्षिक विकासका कार्यक्रम गरिने र कृषिका कार्यक्रम लागि पालिकाले रु ४५ लाख र सहाराले रु ४५ लाख गरी रु ९० लाख उपलब्ध गराउने जनाइएको छ । दुवै संस्थाका रू २०÷२० लाखको लागतमा साना सिँचाइ कार्यक्रमका लागि मोटर बोरिङ वितरण, रु २५÷२५ लाखमा पशु विकाससम्बन्धी मासु पसल सुधार, गाईको भकारो तथा गोठ सुधार, बाख्रा र बङ्गुरको भकारो तथा गोठ सुधार गर्नाका साथै काट्ने उपकरण वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ । यही पुस १४ गते गरिएको सम्झौतापत्रमा सो कार्यक्रमको अवधि विसं २०७९ असार मसान्तमा रहने जनाइएको छ ।
    नगरपालिका र सहाराबीच विगत तीन वर्षदेखि विपन्न आवास, शिक्षा र कृषिका क्षेत्रमा साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

  • १५ पुष २०७८, बिहीबार १५:५५ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ