नेपालगन्ज । बाल सुधार गृहका सन्चालकहरुसंग शुक्रबार नेपालगन्जमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । अन्र्तक्रिया कार्यक्रममा नेपालगन्ज नगरमा संन्चालनमा रहेका बाल गृह तथा बालसुधार गृहका संञ्चालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालगन्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रममा गरिएको हो । कार्यक्रममा नेपालगन्ज उपमहानगपालिकाका उपमेयर तथा नगर स्तरिय बाल अधिकार समितिका संयोजक उमा थापामगरले बलगृह सरकारको ऐन तथा कार्यबिधि अनुसार संञ्चालन हुनुपर्ने जनाईन । नगरमा बलगृह मापदण्ड अनुसार संञ्चलनका लागि समन्वय तथा सहजीकरण गर्ने उनले बताए । नेपालगन्ज नगरमा संन्चालनमा रहेको बाल गृहको अनुगमन तथा रिपोर्ट तयार गर्न महिला बिकास शाखलाई सुझाव समेत उपमेयर थापामगर दिईन । महिला बिकास अधिकृत शोभा शाहले बालबालिका सम्बन्धि ऐन २०७५ को अधारमा छिट्टै नै स्थानीय बाल अधिकार ऐन बनाउने बताइन् । शाहका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले स्थानीय बाल अधिकार ऐन छिट्टै नै बनाउने भएकाले सरकारको ऐन तथा कार्यबिधि अनुसार बालगृह संन्चालन गर्नका लागि सुझाव दिइएको छ । स्थानीय बल अधिकार ऐन बनाउनका लागि नेपालगन्ज नगर भित्र संञ्चालनमा रहेका बाल गृहका संञ्चलकहरु संग सुझाव समेत संकलन गरिएको छ । स्थानीय बालअधिकार ऐन कार्यन्वयनमा आई सकेपछि बलगृह संञ्चालन गर्दा कुनै समस्या आएमा स्थानीय बालअधिकार समितिलाई सुझाव दिन आग्रह समेत गरिएको छ । कार्यक्रममा बाल गृह संञ्चालन ऐन तथा कार्यबिधि बारे जानकारी गराइएको थियो । कार्यक्रममा माया सदन, एपोष्टल बाल गृह तथा माइती नेपाल, सिबिन नेपाल, सानाहातहरु, शक्ति समुह, आफन्त नेपाल, शान्ति पुर्नस्थापाना लगायत्का अबदीक बाल गृहका संञ्चालन तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
।