बाँके प्रहरीद्धारा फरार ४७८ जना पक्राउ - Dastabej

बाँके प्रहरीद्धारा फरार ४७८ जना पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज—अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका ब्यक्तिहरुलाई पक्राउ गर्ने अभियान अन्तरगत बाँके प्रहरीले आईतबार बाल यौन दुरुपयोग मुद्दामा सजाय पाएका कोहलपुर नगरपालिका १ का आकाश सार्कीलगायत तीन जनालाई पक्राउ गरेको छ । उनलाई बाँके जिल्ला अदालतले ०७५ चैत्र २९ गते ६ महिना कैद सजाय गरेको हो । त्यस्तै चोरी मुद्दामा ११ दिन कैद र ढेढ लाख जरिवाना फैसला सुनाईका कोहलपुरं.११ का सुरज परियार पक्राउ परेका छन् । ब्राउनसुगर कारोबार गरेको आरोपमा जानकी गाउँपालिकां.३ नन्दनी मिल नजिक नास्ता पसल गरि वस्ने कैलाश गोडिया पनि पक्राउ परेका छन् । हालसम्म फरार मध्ये ४ सय ७८ जना पक्राउ गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले बताए । उनका अनुसार अदालत बाट कैद तथा जरिवाना भएका ३ सय ८४, मुलतवी मुद्दाका ४१ र चालु मुद्दामा फरार रही पक्राउ संख्या ५३ जना रहेका छन् । प्रहरीले डुडुवा गाउँपालिका .१ का दिपककुमार चौधरी (वर्मा) लाई कुटवा पेस्तोलसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

  • २० पुष २०७७, सोमबार २१:१६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ