जोखिममा जैविक मार्ग, गाउँ भएर ओहोरदोहोर गर्छन् बन्यजन्तु – Dastabej

जोखिममा जैविक मार्ग, गाउँ भएर ओहोरदोहोर गर्छन् बन्यजन्तु

मानव—बन्यजन्तु द्धन्द्ध बढ्यो । बाघको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ ।


  • दस्तावेज

  • नेपालगन्ज । बर्दिया राष्ट्रिय निकुन्ज र भारतको कतर्नियाघाट वाईल्ड लाईफ सेन्चुरी जोड्ने खाता र बाँके राष्ट्रिय निकुन्ज र भारतीय सीमावर्ती सुहेलवा वाईल्ड लाईफ सेन्चुरी जोेड्ने कम्दी जैबिक मार्ग (कोरीडोर) जोखिममा परेका छन् । जसका कारण मानव—बन्यजन्तु द्धन्द्ध बढेको छ । बर्दिया निकुन्ज जोड्ने खाता जैविक मार्ग आसपासमा चालु आर्थिक वर्षमा बाघको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । मधुवन गाउँपालिकाको ओराली बजार र खातामा जैविक मार्ग टुक्रिएको छ । जैविक मार्गमा गाउँ बसिसकेको छ । ‘जनावर आउजाउ गर्ने स्थानमा बस्ती बसेको छ । जसका कारण मानव—बन्यजन्तु द्धन्द्ध बढेको हो,’ डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्ले भन्छन्,‘जैविक मार्ग टुक्रिएका कारण संकटमा परेको छ ।’ मानव बस्ती नहुंदा उक्त जैविक मार्ग भएर बन्यजन्तु आउजाउ सहजै गर्थे । अवरोध भएपछि बन्यजन्तु गाउँमै पस्न थालिसकेका छन् । जसका कारण द्धन्द्ध बढेको हो । मधुवन नगरपालिकाको ढोढरी कटेपछि बस्ती सुरु हुन्छ । हुलाकी सडकमा जनावर बाटो काट्ने भन्दै बोर्ड लगाइएका छन्् । ओराली बजार शहर बन्दै छ । खातासम्म गाउँ छ । जनावर आउजाउ गर्नका लागि खातादेखि गेरुवा पुलसम्मको हुलाकी राजमार्गमा ब्रेकर बनाइएका छन् । गाडीमा बन्यजन्तु ठोक्किन सक्ने भन्दै ब्रेकर बनाईएको प्रमुख वाग्लेले बताए । उनका अनुसार बस्ती हटाउन नसके जैविक मार्ग खतरामा पर्ने र भारत र बर्दिया निकुन्जको सम्बन्ध टुटेन सक्छ । उनले सरकारले चाहे बस्ती हटाउन सकिने जनाए ।
    त्यस्तै बाँके राष्ट्रिय निकुन्ज र भारतीय सीमावर्ती सुहेलवा निकुन्ज सेन्चुरी जोड्ने जैबिक मार्ग (कोरीडोर) पनि जोखिममा परेको छ । उक्त जैबिक मार्र्ग बाघ, हात्तीलगायतका बन्यजन्तुहरु ओहोरदोहोर गर्ने प्रमुख नाका भएका कारण संरक्षण थालिए पनि सफल हुन सकेको छैन । अतिक्रमण टुक्रिएका स्थानलाई वनसंग जोड्न बृक्षा रोपण गरिएको थियो । नेपाल—भारतका निकुन्जका बन्यजन्तु ओहोरदोहोर गर्ने उक्त जैबिक मार्ग मुलुकको प्रमुख सात मध्ये पर्छ । कम्दी जैबीक मार्गले दक्षिण तर्फ भारतको सुहेलवा राष्ट्रिय निकुन्ज, पुर्बतर्फको कपिलबस्तुको सरकारी वन, उत्तरमा रहेको बा“के राष्ट्रिय निकुन्ज र बर्दियालाई जोडेको छ । मानवीय बस्ती र बन फडानीका कारण उक्त महत्वपूर्ण मार्ग संकटमा परेको छ । वनका बीचबीचमा बस्ती बिस्तार हुँदै गएकाले वन्यजन्तुहरुलाई सीमा वारीपारीका निकुन्जमा आउजाउ गर्न समस्या हुँदै आएको छ । अतिक्रमणका कारण जोडिएका सामुदायिक तथा सरकारी वनहरु टुक्रिएपछि बन्यजन्तु आउजाउमा समस्या परेको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत तथा सूचना अधिकारी गणेशबहादुर खडकाले बताए । जैविक मार्ग संरक्षणका लागि टुक्रिएका वनहरु जोड्न अतिक्रमण हटाउनु पर्ने चुनौती देखिएको उनले बताए । वन स्रोत सर्वेक्षण आयोजनाले २०१० देखि १४ सम्म गरेको सर्वेक्षण अध्ययनले पुर्बदेखि पश्चिम तराईका वन क्षेत्र चार प्रतिशतले घटेको देखाएको छ । १९९१ सम्म तराईका जिल्लामा मात्रै २४ प्रतिशत वन क्षेत्र थियो । सन १९९० को अध्ययनले नेपालभरी मा ३९ प्रतिशत वन क्षेत्र देखाएको थियो । तर, सुकुम्बासी, मुक्तकमैया, भूमिहिनलाई बास र सडक, नहर, बिद्यालय तथा सार्वजनिक स्थल निर्माण वनकै जग्गामा गर्दा क्षेत्रफल घटेको हो । अतिक्रमण बढ्दै गएपछि सरकारले ०६८ मा वन अतिक्रमण नियन्त्रण रणनीति ल्याएको थियो । तर कार्यान्वयनभने हुन सकेको छैन । जिल्ला वन कार्यालयलहरुले ५ वर्ष भित्रै खाली गराउने रणनीति तयार पारेका थिए ।

  • २१ पुष २०७७, मंगलवार ०८:५८ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश