गौघाटमा योगिनी कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने - Dastabej

गौघाटमा योगिनी कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सामुदायिकस्तरबाट भलिबलका खेलाडी उत्पादन गर्ने उद्देश्यले भलिबल प्रतियोगिता संचालन हुन लागेको अध्यक्ष थापाले बताए


  • दस्तावेज

  • मागको पहिला साता खजुरा गाउँपालिका–२, गौघाटमा योगिनी कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०७७ संचालन हुने भएको छ । मंगलबार नेपालगन्जमा भलिबल प्रतियोगिता संचालक समितिले पत्रबार सम्मेलनमार्फत् प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।
    प्रतियोगिता संचालन रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबको सयुक्त आयोजनामा संचालन हुनेछ । जसमा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गर्नेछ ।
    प्रतियोगितामा खजुरा गाउँपालिका र सहयोगी आवाज (हिभ) नेपालको पनि समन्वय रहने योगिनी युवा क्लबका अध्यक्षप तरिन्द्र थापाले जानकारी दिए ।
    सामुदायिकस्तरबाट भलिबलका खेलाडी उत्पादन गर्ने उद्देश्यले भलिबल प्रतियोगिता संचालन हुन लागेको अध्यक्ष थापाले बताए ।
    अध्यक्ष थापाले गौघाट क्षेत्र भलिबल खेलका लागि चर्चित गाउँ भएको बताउँदै, ‘गौघाट क्षेत्रमा फेरि भलिबलको सुरुवात हुन लागेको बताए ।’
    प्रतियोगितामा १० टिमको सहभागिता हुने अनुमान रहेको थापाले बताए ।
    प्रतियोगितामा प्रथम हुने टिमले नगर २० हजार रुपैयाँसहित मेडल ट्रफी र प्रमाणपत्र पाउनेछ । दोस्रोले भने नगर १० हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र पाउने छ ।
    खेलमा सर्वोत्कृष्ट खेलाडीका लागि नगद तीन हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ । साथै विधागत रुपमा उत्कृष्ट खेलाडीले एक–एक हजार, मेडल ट्रफी र प्रमाणपत्र पाउने छन् ।
    कार्यक्रममा उपस्थित बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले प्रतियोगिताका लागि संघ तथा व्यक्तिगत रुपमा साथ, सहयोग र सल्लाह दिने बताए । ठकुरीले भलिबल प्रतियोगिताले निरन्तरता पाउनेपर्नेमा जोड दिए ।
    ‘पहिलोपटक योगिनी क्लब र रंगशाला मिडियाले भलिबल प्रतियोगिता आयोजना गर्दैछ । बाँकेमा हुने धेरै प्रतियोगिताले निरन्तरता पाउन सकेका छैनन् । तर यो भलिबल प्रतियोगिताले निरन्तरता पाओस । जसको लागि संघ र मेरो तर्फबाट सधैं साथ, सहयोग र सल्लाह मिल्नेछ,’ ठकुरीले भने ।
    कार्यक्रममा प्रतियोगिताका संयोजक दिलिप महतरा, चौधरी ग्रुपका प्रतिनिधि उमेश निरौला, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीलगायतको उपस्थित रहेको थियो ।

  • २१ पुष २०७७, मंगलवार २२:३० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार