रेसिङ सहारा र एफसि संघारी सेमिफाइनलमा – Dastabej

रेसिङ सहारा र एफसि संघारी सेमिफाइनलमा

विहीबार जय किसन सैनिक र एफसी हवलदारपुर, दोस्रो खेलमा मोर्डन युवा क्लव सिगाउँ र चन्द्र ज्योति क्लव एलगाउँ विच खेल खेल हुदै


  • सुनिल रेग्मी

  • बाँकेको खजुरामा जारी डाँफे कप फुटबल प्रतियोगिताको रेसिङ सहारा कोहलपुर र एफसि संघारी नेपालगन्ज विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
    बुधबार भएको पहिलो क्वाटर फाइनल खेलमा न्यु डाँफे स्पोर्टस् क्लव आयोजक टिमलाई पराजित गर्दै एफसि संघारी क्लव नेपालगन्ज सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेलान्टी सुटआउटमा एफसि संघारीले न्यु डाँफे स्पोर्टस् क्लवलाई ४ मा विरुद्ध ५ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा निश्चित गरेको हो ।
    त्यस्तै बुधबार भएको दोस्रो खेल रेसिङ सहारा कोहलपुर र धम्बोझी क्लव बिच पनि निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकर तर्फ धकेलिएको थियो । खेलमा ट्राइबेकरमा ४ का विरुद्ध ५ गोल गर्दै रेसिङ सहारा कोहलपुर सेमिफाइनलमा प्रवेश गरेको हो ।
    विहीबार पनि २ वटा क्वाटर फाइनलका खेल हुने आयोजकले जानकारी दिएको छ । विहीबार जय किसन सैनिक र एफसी हवलदारपुर बिच खेल हुनेछ भने दोस्रो खेलमा मोर्डन युवा क्लव सिगाउँ र चन्द्र ज्योति क्लव एलगाउँ विच खेल हुने आयोजक न्यु डाँफे स्पोर्टस् युवा क्लवका कोषाध्यक्ष नारायण खनालले जानकारी दिए । पहिलो खेलमा विजयी हुने टिमले रेसिङ सहारा तथा दोस्रो खेलमा एफसि संघारीसँग प्रतिस्पर्धा गर्नु पर्ने छ ।
    प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहेको छ । प्रथम हुने टिमले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुनेले नगद ४० हजार मेडल र प्रमाणपत्र पाउने कल्वका अध्यक्ष तिलकविर सुनारले बताए ।

  • २२ पुष २०७७, बुधबार २१:०९ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ