रुकुम पश्चिम । नेपाल राष्ट्र बैंकको नगदरहित बजार बनाउने नीति साथै सिभिल बैंकको सहकार्यमा रुकुम पश्चिमको विभिन्न स्थानमा क्युआर प्यामेन्टका लागि क्युआर स्टेन्डहरु वितरण गरिएको छ। जिल्लाका विभिन्न स्थानमा उक्त सुविधा विस्तार गरिएको हो । सुरुमा वितरण गरिएका पसलहरुमा वितरण गरिएको सेवा प्रभावकारी भएको प्रतिक्रिया आएपछि थप विस्तार गरिएको सिभिल बैंक रुकुम पश्चिम कार्यालय प्रमुख नारायण पाण्डेले जानकारी दिएका छ्न । सिभिल बैक रुकुम पश्चिम शाखा कार्यालय प्रमुख नारायण पाण्डेले रुकुममेली जनतालाई सहज र सहजिलो होस भनेर यस्तो कार्यक्रम सुरु गरेको बताए । सिभिल बैँकले गरेको कामले नागरिकलागि अति नै सहज भएको ऋतु आर्युबेद मेडिकल हलका समेत रहेका ठान बहादुर केसी बताएका छ्न । सिभिल बैंक रुकुम केही बर्ष अगाडि बाट रुकुममा सेवाग्राहीलाई सेवा दिदै आएको छ ।ग्राहकहरुको सेवालाई सहज बनाउन केन्द्रले सुरु गरेका सुविधाहरु रुकुममा पनि समयमै विस्तार गरिदै आएको बैंकले जनाएको छ ।