हिन्दी, साउथ गीतमा गुरीगुरी जाँर - Dastabej

हिन्दी, साउथ गीतमा गुरीगुरी जाँर

आयो माघी, बदलीदो गीत


  • दस्तावेज

  • नेपालगन्ज । पुर्खाले माघीमा परम्परागत मघौटा गीत गाउँथे । डफ बजाउँथे । घरघरमा गाएर धमार गाउदै रमाईलो गर्थे । माघी स्नान गरेर आफूभन्दा ठूलालाई ढोगदै आर्शिबाद लिन्थे । तर अचेल नयाँ पुस्ताले भने माघीको गीत फेरेका छन् । हिन्दी, भोजपुरी र साउथ फिल्मका गीतहरुको कपी गर्दै माघी गीत गाउन थालेका छन् । कतिपयले म्युजिक भिडियो निकालेका छन् । माघीलाई लक्षित गरी केहीले यूट्युब मार्फत गीत सार्वजनिक गरेका छन् । तर नयाँ पुस्ताका गीतमा भने ‘सखिये हो, माघीका पिली गुरीगुरी जाँर’ भन्ने छुटाइएको छैन । सुंगुरको शिकार (मासु) लाई पनि उत्तिकै प्राथमिकता गीतमा दिइएको छ । नया“ पुस्ताले डिजेमा गीत गाउँन थालिसके । धमार गीत गाउ“मा सुन्ने छाड्यो । केही पाकाले भने अझै धमार गाउने गरेका छन् । माघीको गीतमा रमाईलोमात्रै होईन दुःख र पीडा पोखिन्थे । खासगरी महिलाले भोग्नु परेको पीडा गीत मार्फत पोखिन्थे ।

    मनमा सोंचु करम लागे आग, किहीन रे लगाउ बदनामी हो
    दुखकके दाहल गैनु मै नाईहर, नइहरमा भौजी रिसानी हो ।
    भौजी बिचारी मोर कौने करैदैया, करममा लागल आगी हो ।

    उक्त धमार गीतले भन्छ— मनमा सोंचे भाग्यमा लाग्यो आगो, कसलाई लगाउ बदनामी । दुःखको पीडाले म माईती गए, माईतीमा भाउजु रिसाउने, भाउजु बिचारीको पनि के गल्ती, मेरै भाग्यमा लाग्यो आगो । ‘यो गीतले महिलाले भोग्नु परेको दुःख दर्शाउँछ । मार्मिक पनि उत्तिकै छ । तर अचले गुरीगुरी जाँर, सुँगुर शिकार खैली भन्दै डिजेमा चर्को गीत सुनिन्छ,’ थारु गीतका जानकार गोबिन्द चौधरी भन्छन्,‘धमारमात्रै होईन थारुका सबैखाले गीत मर्न थालिसके ।
    कतिपय आधुनिक माघी गीत सुन्न लायक पनि छन् । माघी मेला भेट हुईल बेला, माघ लहैली हो सुरीक शिकारी खैली हो हाँ, आईल माघी, आयो रे आयो रे, हर साल आईथ माघी, इहे माघ महिना, हमर माघी, अबकी माघी लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् । सबैभन्दा बढी हरसाल आईथ माघी मन पराइएको छ । यो वर्षको माघीमा पनि केही गीत यू ट्युबमा सार्वजनिक भए । ति गीतहरु सुरुवातमा हिन्दी गीतको नक्कल गरिएको छ । अर्को टुक्कामा सखिया हो जोडेर माघी गीत बनाइएको छ । ‘परम्परागत गीतहरुलाई आधुनिक बनाउनु ठिकै हो । तर हिन्दी, भोजपुरी गीतको नक्कल गर्नु राम्रो होईन,’ थारु गीतमा मोडलिङ गर्दै आएका राजकुमार चौधरी भन्छन्,‘थारु संस्कृतिका गीत हराइसके । डिजे गीतहरु बढी आउन थालेपछि पुर्खाका गीत मर्न थालिसके ।’ थारु समुदायमा महिना, मौसम अनुसारको गीत गाईन्छ । बर्षा, गर्मी, जाडो, बिहान, साँझ, दिउँसो, राति फरकफरक अनुसारको गीत छ ।

  • २३ पुष २०७७, बिहीबार १२:२४ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न