युवायुवतीलाई स्वरोजगार बनाउन तालिम – Dastabej

युवायुवतीलाई स्वरोजगार बनाउन तालिम


  • दस्तावेज

  • नेपालगन्जज । नेपालगञ्ज उपमहानगरपालिकाले युवा लक्षित स्वरोजगार तालिम बिहिवारदेखि सुरु गरेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले मोवाइल मर्मत, सिलाईकटाई तथा ब्युटीसियन तालिमको उद्घाटन गरेका हुन । नगरप्रमुख डा. राणाले कोभिड १९ पछि स्वदेश फर्केका युवायुवती र बेरोजगार बसेकालाई लक्षित गरी तालिम प्रदान गरी रोजगार दिने योजना अघि सारेको बताए । उपप्रमुख उमा थापा मगरले तालिम सिकेका सहभागीलाई उनीहरुको प्रस्तावको आधारमा बिना धितो कम ब्याजदरमा ऋण उपलब्ध गराउन सकिने जनाईन । सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीका अनुसार तीनवटै तालिममा नगरका २३ वटै वडाबाट १÷१ जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटनमा वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर ११ का अध्यक्ष उज्जवलसिंह राठौर,कार्यपालिका सदस्य बशन्त जोशी, इन्दिरा शाही, सीमा कशौधन, नगर स्तरीय घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष रचना श्रेष्ठ, नारी विकास केन्द्रका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

  • २३ पुष २०७७, बिहीबार १४:३६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर