अमेरिकी दङ्गामा ४ जनाको मृत्यु, सुरक्षा व्यवस्था कडा – Dastabej

अमेरिकी दङ्गामा ४ जनाको मृत्यु, सुरक्षा व्यवस्था कडा

अमेरिका अपडेटस्


  • बीबीसी नेपाली

  • अमेरिकी संसद् भवनमा भएको ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडको घटनापछि त्यहाँ भइरहेका पछिल्ला गतिविधिहरूको सर्सर्ती विवरण यस्तो छः सांसद्हरू गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडनले हासिल गरेका विजयी परिणामलाई प्रमाणीकरण गर्ने प्रकृयामा सहभागी भइरहेका छन्। निर्वाचनमा ठूलो धाँधली भएको भन्दै आक्रोशित राष्ट्रपति ट्रम्पका समर्थहरूको उग्र र हिंसात्मक भिडले संसद भवनमा जबर्जस्ती प्रवेश गरेपछि संसदीय प्रकृया अवरूद्ध भएको थियो।
    अमेरिकी संसद्‌मा ट्रम्प(समर्थकको हङ्गामापछि अहिले के भइरहेको छ ?

    तस्बिरहरूस् अमेरिकी संसद्‌भित्र प्रदर्शनकारी
    प्रहरीको गोली प्रहारबाट एकजना महिलाको मृत्यु भएको थियो भने अन्य तीनजनाको मेडिकल आपत्‌कालीन अवस्थाू कारण मृत्यु भएको प्रहरीले जनाएको छ। वाशिङ्टन डीसीमा कर्प्यू आदेश जारी गरिएको छ र सडकहरूमा दङ्गा नियन्त्रण गर्ने प्रहरीहरूले सुरक्षा दिइरहेका छन्।
    कर्फ्यू र पक्राउ
    हालसम्म कम्तीमा पनि ५२ जना प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको र ती मध्ये ४७ जना कर्फ्यू उलङ्घन गर्नेहरू रहेको बताइएको छ । राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकहरूको ठूलो समूह क्यापिटल भनिने अमेरिकी संघीय संसद् भवनमा जबर्जस्ती प्रवेश गरेर तोडफोड गरेपछि सुरक्षाका कारण संसद् भवन बन्द गर्नु परेको थियो। संसदीय प्रकृया पुनः आरम्भ भएपछि केही राज्यका रिपब्लिकन सांसद्हरूले आफ्नो ठाउँका निर्वाचन मत परिणाम उल्टाउने प्रयास गरेका थिए तर त्यो पर्याप्त समर्थनको अभावमा असफल भएको छ। राष्ट्रपति ट्रम्पले आफ्ना उग्र समर्थकहरूलाई घर फर्कन आह्वान गरेका छन् तर उनले अमेरिकी निर्वाचन उनीहरूबाट खोसिएकोू भन्ने उनको अप्रमाणित दाबी दोहोर्याएका थिए।

  • २३ पुष २०७७, बिहीबार १५:२७ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा