भेरी नदीमा बस खस्यो - Dastabej

भेरी नदीमा बस खस्यो


  • दस्तावेज

  • सुर्खेत । दाङबाट रिजर्भ लिन सल्यानको सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ ।
    कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।
    जिल्ल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते भएको जनाएको छ । भने थप विवरण आउन बाँकी रहेको छ ।
    एक जनालाई अस्पताल लिने काम भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सुचना अधिकारी तथा डिएसपी राम प्रसाद घर्तीले जानकारी दिए ।
    बस बिहीबारा दिउँसो २ बजेर ५० मिनेट आसपासको समयमा दुर्घटना भएको घर्तीले जनाए ।
    प्रहरी घटना स्थलमा पुगिसेकेको छ । बसमा सवार कति जना थिए । कति नम्बरक हो भन्ने खुल्न सकेको छैन।
    यद्यपि बसमा तीन जना सवार रहेको बताईएको छ।

  • २३ पुष २०७७, बिहीबार १६:०१ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न