पोखरीको माछा मर्छन, अर्को आउँछन्—नेता बस्नेत – Dastabej

पोखरीको माछा मर्छन, अर्को आउँछन्—नेता बस्नेत


  • दस्तावेज

  • रुकुम पश्चिम — नेकपा ओली पक्षीय केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले पार्टी फुटाएको आरोप लगाएका छन् । उनले पोखरीका केही माछा मरेकोमा कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरे । ‘खोला सुकेपछि चिन्ता गर्नुपर्ने हो । खोला बगिरहेको छ । खोलामा अरु माछा आउँछन् मरेका माछाप्रति हामीले चिन्ता गर्नहुन्न,’ उनले भने ।
    नेकपाको रुकुम पश्चिममा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले संसद विघटनलाई आश्चर्यजनक घटना मान्न नहुने तर्क गरे । उनले भने, ‘५ वर्ष कार्यकाल रहेको यो संसद ३ वर्षमा विघटन भयो यसैले यो आश्चर्यको विषय नै होइन ।’ प्रधानमन्त्रीको कदम संवैधानिक भएको उनको दाबी छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध भ्रम फैलाइएको भन्दै उनले संविधानमै भएको व्यवस्थाअनुसार संसद विघटन भएको जनाए ।

  • २३ पुष २०७७, बिहीबार १७:३२ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त