बांकेको नेपालगन्जमा शुक्रवार प्याव्सन डे भव्यताका साथ मनाईएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालको ३० औं स्थापना दिवसको उपलक्ष्य भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख मेयर डाक्टर धवल सम्शेर राणाले निजि शिक्षण संस्थाले देशमा दक्ष जनशक्ति निर्माण महत्त्वपूर्ण योगदान गरेको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रलाई राजनिती भन्दा टाढा राख्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी गोरख बहादुर थापाले संस्थगत बिधालयले भौतिक पुर्बाधार सगैं गुणस्तरिय शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । नगर प्याब्सनका अध्यक्ष विकाश बज्रचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ५६ जना उत्कृष्ट शिक्षक शिक्षाका लाई सम्मानित गरिएको थियो ।
सम्मानितमा सगरमाथा ई.मि. स्कूलका सिता पन्त, ब्रिटिस ई.मि. का रेखा मल्ल, स्प्रिङडेल स्कूलका निशा रावल, वेष्टजोनका जनक डिसी, शान्ति विद्या निकेटनका राजकुमार कौशल लगायत ५६ जना शिक्षक शिक्षाका रहेका छन् । प्याव्सन डे कै अवसरमा नगर प्याव्सनले रक्तदान समेत गरेको छ जसमा २६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा शिक्षा ईकाई समन्वय बाँकेका प्रमुख राम सुरेश यादव , प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र कुमार आचार्य, प्याव्सन नगर उपाध्यक्ष सरद चन्द रावल, सल्लाहकार कृष्ण बहादुर जिसी, शिक्षाबिद किरण आचार्य लगायतको सहभागिता रहेको थियो ।