खुल्ला ब्याडमिन्टनको सेमिफाईनल समिकरण पुरा - Dastabej

खुल्ला ब्याडमिन्टनको सेमिफाईनल समिकरण पुरा

नेपालगन्जमा खुल्ला ब्याडमिन्टन प्रतियोगीता शुरु


  • दस्तावेज

  • खुल्ला ब्याडमिन्टन प्रतियोगीता शनिबार देखि नेपालगन्ज रंगशाला स्थित कभर्ड हलमा शुरु भएको छ ।

    प्रतियोगीतामा चार वटा ईभेन्टका विभन्न खेल सकिंदा मेन्स डबल इभेन्ट्स तर्फको सेमिफाईनल समिकरण पुरा भएको
    छ ।
    क्वाटर फाईनलमा अर्जुन बुढा मगर र रञ्जन भण्डारीको जोडीले राजेश साउद र सुमित चन्दको जोडीलाई २-०को सोझो सेटले पराजित गर्दै सेमि फाईनल यात्रा तय गरेका छन् । त्यसैगरी प्रकाश के सी र सुबाश सुबेदिको जोडीले राम कुमार शाह ररञ्जन खड्काको जोडीलाई २-१ सेटमा पराजित गर्दै सेमि फाइनल पुगेका छन् ।
    साथै कृष्ण सलामी र शिव सुनारको जोडीले ओम चालिसे र टेक बहादुर रोकायको जोडीलाई २-१को सेटले पराजित गर्दै सेमि फाईनल पुगेकाछन भने देव बहादुर बोहोरा र प्रकाश के सीको जोडीले सचिन चौधरी र विकाश चौधरीको जोडीलाई २-१सेटले पराजित गरदै सेमी फाईनल पुगे ।
    प्रतियोगिताका पुरुष एकल,महिला एकल,पुरुष एकल लिगका खेलहरु जारी रहेका छन् । प्रतियोगीताका सेमी फाईनल र फाईनल खेल आईतबार हुने प्रतियोगीताका संयोजक जयन्त कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
    प्रतियोगीतामा पुरुष युगल तर्फ ४० वटा टिम,पुरुष एकल तर्फ २४ जना र महिला एकल तर्फ १३ जनाले प्रतिष्पर्धा गरेका छन् ।
    पुरुष डबल्समा प्रथम हुने जोडीलाई नगद र.१० हजार,दोश्रो हुनेलाई ६ हजार र तेस्रो स्थान हासिल गर्ने जोडीलाई ३ हजार सहित कप,पदक र प्रमाणपत्र प्रदान गरिने सह आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले जानकारी दिनुभएको छ ।

    नेपालगन्ज उ.म.न.पा. वडा नं. १३ को आयोजनामा नेपाल लोकतान्त्रिक खेलकुद संघ,मध्यपश्चिम खेलकुद विकास समिति लुम्विनि प्रदेश नेपालगन्जको सह आयोजनामा प्रतियोगिता भएको हो ।
    समापन कार्यक्रममा प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल,उपमहानगर प्रमुख मेयर डा.धवल शम्सेर राणा लगाएतको सहभागिता रहने आयोजकले जनाएको छ ।

  • २५ पुष २०७७, शनिबार १६:१७ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा