डाँफे कप फुटबलको उपाधि जय किसान स्पोर्टस क्लव सैनिकलाइ – Dastabej

डाँफे कप फुटबलको उपाधि जय किसान स्पोर्टस क्लव सैनिकलाइ

सर्वाधिक गोलकर्ताको रुपमा जय किसान स्पोर्टसका दिपकराज सिहं ठकुरीले नगद ३६५० रुपैया पुरस्कार प्राप्त गरे ।


  • सुनिल रेग्मी

  • बाँकेको खजुरामा सम्पन्न सातौ डाँफे कप फुटबल प्रतियोगिताको उपाधि जय किसान स्पोर्टस क्लव सैनिकले जितेको छ । शनिबार भएको फाइनल खेलमा चन्द्र ज्योति स्पोर्टस क्लव एल गाउँलाई शुन्यका विरुद्ध ६ गोलले पराजित गर्दै डाँफे कपको उपाधि जित्न सफल भएको हो । जय किसानका दिपकराज सिंह ठकुरीले ४ गोल र निरज चौधरीले २ गोल गरेका थिए । ठकुरीले खेल सुरु भएको ५, ११, १९ र ३८ मा थप तिन गोल गरि कुल ४ गोल गरेका थिए । चौधरीले २६ र ३७ मिनेटमा गरी २ गोल गर्न सफल भएका थिए ।
    जय किसानले उपाधी सँगै ७० हजार नगद, उप विजेता चन्द्र ज्योति स्पोर्टस क्लव एल गाउँ नगद ४० हजार रुपैया, प्रमाण पत्र, मेडल र ट्रफि पुरस्कार पाएका छन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रुपमा जय किसान स्पोर्टसका दिपकराज सिहं ठकुरीले नगद ३६५० रुपैया पुरस्कार प्राप्त गरे । त्यस्तै बेस्ट गोल किप्परको उपाधि रेसिङ् साहारा क्लव कोहलपुरका मुकेश घर्तिमगरले हात पारे भने बेष्ट प्लेयरको उपाधि न्यु डाँफे स्पोर्टस क्लवका सन्देश योगिले प्राप्त गरेका छन् ।
    प्रतियोगिताका विजेता तथा उप विजेता टिमलाई खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपति, उप प्रमुख एकमाया विक, वडा नम्बर ४ का वडा अध्यक्ष तथा न्यु डाँफे स्पोर्टस क्लवका अध्यक्ष तिलकविर सुनार, डा नम्बर ६ का वडा अध्यक्ष सबिर जोलाह, बागेश्वरी रेडक्रस सोसाइटीका सभापति जिवनाथ सापकोटा लगायतका अतिथिहरुले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १५ वटा टिमले सहभागिता जनाएको थियो ।

  • २५ पुष २०७७, शनिबार २१:०७ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा