क्याप्सन ः बर्दिया राष्ट्रिय निकुन्जमा देखिएको गैंडा । लक्षमीराज जोशी (एनटीएनसी)
नेपालगन्ज । चितवन राष्ट्रिय निकुन्जमा चालु आर्थिक वर्षमा २० गैडाको मृत्यु भएको बेला बर्दिया राष्ट्रिय निकुन्जमा गैंडाको संख्या बढ्ने क्रममा छ । एक दशकयता गैंडा चोरी शिकारीका घटना शुन्यमा झरेपछि संरक्षणमा बल पुगेको छ । निकुन्जका मध्यवर्ती क्षेत्रका स्थानीयहरु समेत संरक्षणमा सहयोग गरेपछि दुर्लभ बन्यजन्तु गैंडाको संख्या थपिएको हो । एक दशकयता गैंडाको संख्या ३६ पुगेको छ । सन २००८ मा संख्या २२ मा झरेको थियो । बबई उपत्यको परेवाओडरमा छाडिएका डेढ दर्जन बढी गैंडा चोरी शिकारी भएपछि संख्या एकाएक घटेको थियो । हाल परेवाओडरमा ६ गैंडा रहेका छन् । उक्त क्षेत्रमा चितवन राष्ट्रिय निकुन्जबाट गैंडा ल्याएर छोडिएको छ । तर सन २०२० मा गरिएको गणनामा संख्या बढेको देखिएको छ । राष्ट्रिय प्राकृति संरक्षण कोष कार्यक्रमले दुलर्भ मानिने गैंडाको संख्या बढ्ने क्रममा रहेको जनाएको छ । शस्त्र द्वन्द्वकालमा बढी गैंडा हराएका थिए ।
सन १९८६ मा चितवन राष्ट्रिय निकुन्जबाट बर्दिया राष्ट्रिय निकुन्जमा गैंडा हस्तान्तरण गरिएको थियो । सन २००० मा गैंडाको संख्या ६३ पुग्यो । सन २००५ मा बढेर ६७ पुग्यो । तर त्यसको दुई वर्षपछि आधाभन्दा बढी संख्या घट्यो । सन २००७ मा गैंडाको संख्या घटेर ३१ मा झरेको तथ्यांक छ । त्यसयता सन २००८ मा अझै घटेर २२ मा झ¥यो । तर सन २०११ देखि गैंडाको संख्यामा सुधार उन्मुख देखिएको छ । उक्त समयमा गैंडाको संख्या २४ पुग्यो । सन २०१५ मा २९ र हाल ३६ संख्या पुगेको छ । बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले एक दशक यता गैंडाको चोरी शिकारी शुन्यमा झरेको बताए । ‘एक दशकअघि चोरीशिकारीका घटना बढी हुन्थे । हाल भने शुन्य भएको छ,’ उनले भने,‘यसले गैंडा संरक्षणमा सहयोग पुगेको छ ।’ बर्दिया राष्ट्रिय निकुन्ज सुरक्षार्थ नेपभल सेना परिचालन गरिएका छन् । तर मध्यवर्ती क्षेत्रका किसानको बालीनाली नष्ट गरेको भन्दै बन्यजन्तु र मानव द्वन्द्व बढेका कारण संरक्षणमा चुनौती थपिएको थियो । तर पछिल्लो समय स्थानीयले भने बन्यजन्तु संरक्षणमा जोड दिंदै आएका छन् । चोरीशिकारी नियन्त्रणका लागि स्थानीयहरुले समूह बनाएका छन् । बाल क्लबहरु परिचालित छन् । बन्यजन्तु हेर्न पर्यटकरु आउन थालेपछि स्थानीयले संरक्षणमा जोड दिएका हुन । त्यसबाट स्थानीयलाई केही आर्थिकक फाईदा हुन थालेको छ । निकुन्जका गैंडा सामुदायिक वनमा पाईन्छ । डल्लाको शिव समुदायिक वनमा गैंडा आउजाउ गरिरहन्छन् । गैंडा हेर्न पर्यटकहरु डल्ला होमीस्टे पुग्छन् । बर्दिया राष्टिय« निकुञ्जले खाग तस्करी गरेको अभियोगमा एक दशकअघि पाँच दर्जन मुद्दा चलाएको थियो । गैंडाको खाग महङोेमा बिक्री हुने भन्दै चोरीशिकारी हुँदै आएको थियो ।