कोहलपुर । पुस २६ गते बिहान कोहलपरको सरस्वतीमार्गमा आँखा सम्बन्धी बिशेषज्ञ सेवा दिने उदघोष सहित .आरम्भ आइ केयर एण्ड अप्टिकल्सको आरम्भ भएको छ । कोहलपुर नपा बडा नम्बर ११का वडाधक्ष्य कर्ण बहादुर थापा द्धारा रिवन काटेर सोे केयर सेन्टरको समुद्घाटन गरिएको थियो । सो अवसरमा अध्यक्ष कर्णबहादुर थापाले कोहलपुरमा स्वास्थ्य संस्थाहरु बढ्नु जति खुशीको कुरा हो उतिनै चुनौती पनि हो भने । ब्यवसायिक मूल्यमान्यताको ख्याल नगरी आफ्नो बिक्रीको अनुपातमा मात्रै कुनैपनि ब्यापारको मूल्याँकन हुन्न भन्दै अध्यक्ष थापाले भनेः बिरामीको पिरमर्का बुझ्ने र गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने बताए । स्वास्थ्य संस्थामा लामो समयको अनुभव संगालिसकेका बडाध्यक्ष थापाले गुड डाक्टर गुड चेकअप अनि गुड प्रेस्कृप्सनको कुरामा जोड दिँदै भने.ःजति धेरै स्वास्थ्य सेवा उति ब्यवसाय । कोहलपुरमा हालसालै आधा दर्जन आँखा सम्बन्धी क्लिनिकले आँखा सम्बन्धी सेवा दिँदै आएका छन् । पछिल्लो समयमा कोहलपुर लगायत जताततै आँखा सम्बन्धी क्लिनिकहरु खुल्नुलाईृ कोहलपुरकी समाजसेवी प्रमिला शाही भन्छिन् , यसले जनचेतनालाई मात्रै इगित गरेको छैन बरु पछिल्ला समयमा मोबाईल ल्यापटप र भिडियो गेममा मान्छेको लगावले आँखाका समस्याहरु बढ्न थालेको तीतो सत्यलाई समेत झल्काएको छ ।
भारतको बैंगलोरमा चारबर्षे अध्ययन र भारतकै नामुद आँखा अस्पताल नारायना नेत्रालयमा एक बर्षे इन्टर्नसिप गरिसकेका अनि नेपालमा कान्तिपुर हस्पिटल तीनकुने लगायत देशका बिभिन्न क्लिनिकमा सेवा दिइसकेका आरम्भ केयरका सन्चालक सरोज गौतमले कोहलपुर र यस आसपासका बस्तीका मान्छेलाई सदरमुकाम या राजधानी जानुपर्ने अवस्थाको आउन नदिन आफू प्रयत्नशील रहेको बताए । सन्चालक गौतमका अनुसार आरम्भ .आई केयरमा आँखाको पावर जाँजका साथै आँखाको रोगाहरु जाँच आँखाको सुख्खापनको जाँच ,मधुमेहको बिरामीको आ.ँखाको पर्दा जाँच तथा उपचार गरिनेछ । साथै कन्टयाक्ट लेन्सेको सेवा, बच्चाहरुमा डेडो आँखाको उपचार अनि टाउको दुखाईको उपचार,आँखाको प्रेसर जाँच ,सबैखाले उमेरकालाई हुने चश्माको समेत उपलब्धता रहेको बताए ।