अक्सिजन खर्च दिनमै डेढ लाख - Dastabej

अक्सिजन खर्च दिनमै डेढ लाख

संक्रमितको खानामा दैनिक ५० हजार रुपैयाँ खर्च


  • ठाकुरसिंह थारु

  • नेपालगन्ज — आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई आवश्यक पर्ने अक्सिजनका लागि भेरी अस्पतालमा दैनिक डेढ लाख रुपैयाँ खर्च हुने गरेको छ । संक्रमितको खानामा दैनिक ५० हजार रुपैयाँ खर्च भइरहेको अस्पताल प्रशासनले जनाएको छ । यहाँ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जटिल प्रकृतिका कोरोना संक्रमितलाई उपचारका लागि ल्याउने गरिन्छ । अस्पताल प्रमुख डा। प्रकाश थापाले प्रदेश सरकार र विभिन्न संघसंस्थासँग सहयोग मागेर दैनिक खर्च धानिरहेको बताए । ‘सबैभन्दा बढी अक्सिजनमा खर्च भइरहेको छ । त्यो खर्च घटाउन अक्सिजन प्लान्ट स्थापना गर्ने पहल थालेका छौं,’ उनले भने, ‘प्लान्ट स्थापना गर्न सक्ने हो भने खर्च धेरै घट्छ ।’ अस्पतालले अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयमा बजेट माग गरेको छ ।
    ‘निर्माणमा प्लान्टको क्षमता हेरेर एक करोडदेखि १० करोड रुपैयाँसम्म लाग्न सक्छ,’ उनले भने, ‘हाम्रो प्रस्तावमा स्वास्थ्य मन्त्रालय सकारात्मक छ । बजेटका लागि अर्थ मन्त्रालयमा फाइल पुगिसकेको छ ।’उनका अनुसार अर्थबाट बजेट स्वीकृत भएलगत्तै प्लान्ट निर्माणका लागि टेन्डर खोलिनेछ तर टेन्डर प्रक्रिया झन्झटिलो र लामो समय लाग्ने गरेका कारण प्लान्ट निर्माणमा ढिलाइ हुन सक्ने देखिन्छ । चिकित्सकहरूले भने ‘फास्ट ट्र्याक’ बाट प्लान्ट निर्माण गर्न सुझाएका छन् । ‘ठेक्का प्रक्रियाबाट काम गर्ने हो भने प्लान्ट निर्माणको प्रक्रियामै चाररपाँच महिना लाग्न सक्छ । त्यसैले संकटका बेला छोटो र छिटो हुने गरी काम गर्नु उपयुक्त देखिन्छ,’ अस्पताल प्रमुख डा.थापाले भने । अस्पतालमा संक्रमितको उपचारका लागि डेढ सय शय्याको आइसोलेसन वार्ड छ । बाँकेमा हालसम्म कोरोना संक्रमणबाट ४८ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाबाट उपचारका लागि नेपालगन्ज ल्याइएका मध्ये ८२ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । ४ हजार ३ सय ४७ जना निको भएका छन् भने ८८ जना आइसोलेसनमा उपचाररत छन् ।

  • २८ पुष २०७७, मंगलवार १२:१० प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न