जन्म कैद सजाय पाएका दुई पक्राउ - Dastabej

जन्म कैद सजाय पाएका दुई पक्राउ

दिनदहाडै चेतन हत्या घटना


  • दस्तावेज


  • नेपालगन्ज— बाँके जिल्ला अदालतले पाँच वर्षअघि नेपालगन्जको धम्बोझी चोक नजिकै सुर्खेत रोडमा दिनदहादै भएको चेतन मानन्धर हत्या मुद्दामा जन्म कैद सजाय सुनाइएका फरार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज ५ का विवाद पाठक र हरी वली रहेका छन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले उनीहरु नेपालगन्जमै लुकेर बसेको सूचनाका आधारमा पक्राउ गरिएको बताए । घटनामा संलग्न दुइृ जना अझै फरार छन् । घटनामा संलग्न ९ जना कारागारमा छन् । ०७२ असार २८ गते नेपालगन्जको मुख्य सडकमै २९ वर्षीय मानन्धरलाई गुण्डा नाईके रिगल ढकालको समूहले खुडा प्रहार गरी हत्या गरेको अभियोग प्रहरीले लगाएको थियो । तीन वर्षपछि जिल्ला अदालले मुद्दाको सुनुवाई गरेको हो । हत्यामा संलग्न छबिलाल बस्नेत, मोहनलाल खडका, नवराज खत्री र प्रेमध्वज खत्रीलाई जन्म कैद सुनाइएको थियो । त्यस्तै मोहन सिंह ढकाललाई १०, दिपेन्द्र मल्ललाई ५ वर्षको सजाय सुनाइको थियो । यमबहादुर बुढामगर, केशवबहादुर रोकाय हालसम्म फरार रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले बताए ।
    घटनामा संलग्न माधव नेपाली, विवाद पाठक र हरी वलीलाई जनही तीन÷तीन वर्ष कैदको थियो । मुद्दा चलाइएका १५ जना मध्ये दिपक केसीलाई निर्दोष करार दिंदै सफाई दिइएको थियो । कांग्रेस निकट तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्षसमेत रहेका रिगल लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ । लेनदेनको विषयलाई लिएर रिगल समूहले मनान्धरलाई नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझी नजिकै बोलाई खुडा प्रहार गरेका थिए । हात छिनालिएर घाईते भएको उनलाई उपचारका क्रममा काठमाडौं लैजादै गर्दा मृत्यु भएको थियो । घटनापछि रिगल फरार भएको थिए । त्यसको डेढ वर्षपछि उनले बा“के जिल्ला अदालतमा आत्मसर्मपण गरेका थिए । प्रहरी इकाउन्टरमा काठमाडौंका गुण्डा नाइके कुमार श्रेष्ठ (घैटे) मारिए लगत्तै उनले अदालतमा आफै हाजिर भएका थिए ।

  • २८ पुष २०७७, मंगलवार १६:१५ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न