काठमाडौँ — प्रतिनिधिसभा बिघटनबिरुद्ध परेको रिट निवेदनमा सर्बोच्च अदालतको संबैधानिक ईजलासमा बहस सुरु भएको छ । उक्त निवेदनको सुनुवाई बुधबार सर्बोच्च अदालका प्रधान न्ययाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा सुनुवाई भइरहेको हो । इजलासमा अर्का न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्
। यस पल्टको सुनुवाईमा न्यायाधीश सपना मल्ललाई समाबेश गरिएको हो । प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेकाले कार्की ईजलासमा बस्न नैतिकरुपले ईन्कार गरेपछि मल्ललाई समाबेश गरिएको हो । कानुन व्यवसायीहरूले न्यायाधीश कार्कीले निवेदनको सुनुवाई गर्न नमिल्ले तर्क गरेका थिए । बुधबार भइरहेको सुनुवाईमा नेकपा संसदीय दलका प्रमुख सचेतक रहेका निवेदक देव गुरुङ पनि उपस्थित छन् । प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा रहेका वकिलहरुका अनुसार मुद्दा बृहत् पूर्ण इजलासमा लैजानुपर्ने मागमा केन्द्रित भएर बहस गर्दै छन् ।