दाङका दुई कारागारहरुको अनुगमन - Dastabej

दाङका दुई कारागारहरुको अनुगमन


  • दस्तावेज

  • तुललीपुर । दाङ जिल्लामा रहेका दुईवटा कारागारहरुको प्रमुख जिल्ला अधिकारि जयनारायण आचार्यले अनुगमन गरेका छन् । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारि आचार्यले प्रायजसो सबै कोठा कोठामा पुगेर कैदि बन्दिहरुको बारेमा जानकारि लिए । कारागारहरुमा बन्दि जिवन बिताई रहेका नागरिक हरुलाई बस्न र खान केहि पनि समस्या नहोस भन्ने उदेश्य लिएर जिल्लाका कारागारहरुमा अनुगमन गरिएको थियो । सो अबसरमा कारागारमा रहेका प्रशासनिक र ब्यक्तिगत समस्याहरु समाधान गर्न आफुले सहयोगिको भुमिका निर्बाह गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् । सो अबसरमा बन्दिहरुका चौकिदारहरुले सामुहिकरुपमा समस्या राखेका र्थिए । उनिहरुले लाईब्रेरिमा प्रयाप्त किताबहरु नभएको,खेल सामाग्रिको कमि भएको,खानेपानिको ब्यबस्थापन गर्नुपर्ने,र तुलसीपुरमा भएको पुरानो कारागारमा पानि चुहिने समस्या भएको हुदा बस्न कठिनाई रहेको लगायतका समस्याहरु राखेका थिए । यस्तै उनिहरुले कारागारभित्र सुधारिएको चुल्लो ब्यबस्थापन हुन नसक्दा बिभिन्न स्वास्थ्य समस्याहरु झेल्नुपरेको बताएका थिए ।
    सो अबसरमा मुलुकि ऐन लागु भैसकेको अबश्थामा पनि कारागार प्रशासनमा केहि सुधार हुन नसक्नु दुखद भएको बताएका थिए । ६ महिना कैद बाँकी रहेका बन्दिहरुलाई निर्माण ,सिपमुलक र उत्पादनमा लगाउनुपर्ने प्राबधान कानुनमा रहेपनि अहिले सम्म यो कानुन कार्यान्वयन हुन नसक्नु बन्दिहरुका लागि दुखको कुरा रहेको बताए ।
    कारागारमा सुधारिएको चुल्हो
    यसैबिच कारागारमा सुधारिएको चुल्हो ब्यबस्थापन गर्न जिल्ला प्रशासन कार्याल दागले केन्द्रमा सिफारिस गरेको छ । यस अघि परम्परागतरुपमा चलि आएको दाउराबाट खाना पकाउने काम भैरहेको थियो जसबाट कारागार भित्र बिभिन्न समस्याहरु उत्पन्न भएपछि जिल्लाका दुईवटै कैरागारहरुमा दाउरा बिस्थापित गरेर ग्यास र ईलेक्ट्रिक चुल्होको ब्यबस्थापन गर्न बिभागमा सिफारिस गरिएको प्रजिअ आचार्यले जानकारि दिए । उनका अनुसार कारागारहरुमा आबश्यक पर्ने अन्य कुराहरु बिभागमा लिखितरुपमा पेश गरेर नितिगत रुपमै समाधान गर्ने तर्फ आफु लागिपरेको समेत बताए ।
    बन्दिहरुलाई खेल सामाग्रि हस्तान्त्रण
    यता प्रमुख जिल्ला अधिकारि आचार्यको अनुरोधमा दागमा रहेका दुई कारागारहरुमा खेल सामाग्रिहरु हस्तान्त्रण गरिएको छ । तुलसीपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजालले ब्यक्तिगतरुपमा खेल सामाग्रि प्रदान गरे । फुटबल,भलिबल,ब्याटम्यान्टिन र नेट सहितका खेल सामाग्रिहरु प्रमुख जिल्ला अधिकारि मार्फत कारागारहरुमा प्रदान गरिएको थियो । सो अबसरमा जिल्ला प्रहरि प्रमुख एसपि गणेश चन्द,तुलसीपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजाल, रिपोटर्स क्लब दागका अध्यक्ष शरद रेग्मीलगायतको सहभागिता रहेको थियो ।
    तुलसीपुर कारागारमा चार सय ८४ जना र घोराहि कारागारमा पनि सोहि हाराहारिमा कैदिहरु बिभिन्न मुद्दामा कैद सजाय भोगिरहेका छन ।

  • २९ पुष २०७७, बुधबार १५:४७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार