नेकपा बाँकेका इन्चार्ज यादवको निधन - Dastabej

नेकपा बाँकेका इन्चार्ज यादवको निधन


  • दस्तावेज

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका इन्चार्ज एवं भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सद्स्य दिनेशचन्द यादवको निधन भएको छ ।

    कोरोना संक्रमण सहित अन्य रोगले सिकिस्त भएपछि काठमाडौ स्थित ग्राण्डि हस्पिटलमा उपचार गराईरहेका यादवको राती २ ः ३० बजे निधन भएको हो ।

    नेकपाका केन्द्रीय सदस्य यादव संघीय सरकारका पूर्व मन्त्री थिए । बाँकेमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौ रेफर गरिएको थियो ।
    प्रतिकूल रहेको बॉकेमा, खासगरी राप्तीपारी क्षेत्रमा नेकपा (एमाले) लाई स्थापित गर्न अतुलनीय योगदान गरेका यादव लोकप्रिय, मिलनसार र मृदुभाषी नेता मा गणना गरिन्छ ।

    सांसद, राज्यमन्त्री र केन्द्रीय कमिटी सदस्यका रूपमा उनले गरेका योगदान त छँदैछन्, मधेसी समुदायबीच पार्टीलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।उनको निधनले नेकपा बाँकेमा अपुरणीय क्षति भएको नेकपा बाँकेका नेताहरूले बताएका छन् ।

  • १ माघ २०७७, बिहीबार ०९:१७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा