नेपालगन्ज । नेकपा केन्द्रीय सदस्य पुर्व मन्त्रि दिनेशचन्द्र यादवको कोरोनाको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको खबर फैलिए लगत्तै सामाजिक सन्जालमा श्रद्धाजंलिको ओइरो लागेको छ । सरल मिजासका नेता यादवको आत्माको चिर शान्ति कामना गर्दै शोकाकुल परिवार प्रति गहिरो सम्बेदना प्रकट गरिएको छ । नेता यादव मृदभाषी थिए । नरम बोल्थे । सानालाई पनि देख्ने बित्तिकै नमस्कार गर्थे । उनको मृत्युले बाँकेलाई निकै ठूलो क्षति पुगेको छ । बाँकेको निकै विकट मानिने नरैनापुरमा घर भएका उनले त्यस क्षेत्रको विकासका लागि अहोरात्र खटिने गरेको स्थानीय बताउँछन् । उनकै पहलमा नरैनापुरमा बिजुली पुगेको छ । हुलाकी राजमार्गको पहुँचमा स्थानीय पुगेका छन् । कोरोनाको संक्रमण देखिएपछि उनलाई नेपालगन्जबाट थप उपचारका लागी हेलिकप्टरद्धारा काठमाडौ लगिएको थियो । भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सद्स्य रहेका यादवको बिहिबार बिहान अढाई बजे मृत्यु भएको हो ।