काङ्ग्रेसको बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा, डा. रिजाल नेपालगन्जमा - Dastabej

काङ्ग्रेसको बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा, डा. रिजाल नेपालगन्जमा


  • दस्तावेज

  • नेपाली काङ्ग्रेसले शनिबार गर्न लागेको बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा भएको छ । प्रतिनिधी सभा विघटनको बिरोधमा काङ्ग्रेसले बाकेको ८ वटै स्थानीय तह लगायत देशभर प्रदर्शन गर्न लागेको हो । बाकेमा हुने बिरोध सभालाई नेपाली काङ्ग्रेसका विभिन्न नेताले सम्बोधन गर्ने कार्यक्रम छ । यसैबिच नेपाली काङ्ग्रेस नेपालगन्ज उपमहानगर समितिको आयोजनामा नेपालगन्जको रामलिला मैदानस्थित सरस्वती मन्दिर नजिक हुने बिरोध सभालाई नेपाली काङ्ग्रेसका नेता एवम पुर्बमन्त्री डा. मिनेन्द्र रिजालले सम्बोधन गर्नु हुने भएको छ । शनिबार बिहान ११ बजे उक्त बिरोध सभा सुरु हुने नेपाली काङ्ग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त बिस्टले जानकारी दिनुभयो । यस्तै डुडुवा गाउँपालिकाको बनकट्टीमा दिउँसो आयोजित बिरोध सभालाई पनि नेता रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति रमेश गुप्ताले जानकारी दिनु भयो । कार्यकमलाई सम्बोधन गर्न नेता रिजाल शुक्रबार बेलुकी नै नेपालगन्ज आइसक्नु भएको काङ्ग्रेस बाकेका जिल्ला सदस्य सुधान्सु कोइरालाले जानकारी दिनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रास्ट्रपति बिद्यादेबी भण्डारीले प्रतिनिधी सभा विघटन गरेपछि काङ्ग्रेसले चरणबद्द रुपमा आन्दोलन गर्दै आएको छ ।

  • २ माघ २०७७, शुक्रबार २०:४२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता