बाँकेमा शुक्रबार फेरि शव फेला परेको छ । बाँकेको जानकी गाउँपालिका २ को बेलभारमा एक जना पुरुषको शव फेला परेको छ । बाँकेका प्रहरी प्रवक्ता डिएसपी सुवाश खड्काका अनुसार शवलाई पोष्टमार्टमको लागि पठाईएको छ । उनका अनुसार करिब ३५÷३६ वर्ष जस्तो देखिने एक पुरुषको शव फेला परेको हो । डिएसपी खड्काका अनुसार सो व्यक्तिको लडेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको बताए ।