नेपालगन्ज । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनाको अनुसन्धानका लागि बाँके प्रहरीले करिव १५ जनालाई नियन्त्रणमा लिएको छ । उक्त हत्या घटनाको बास्तविक कारण केही दिनमै खुल्ने प्रहरीको दाबी छ । प्रहरीले घटनालाई राजनीतिक, तस्करी, दुस्मनीको लगायतका कोणबाट अनुसन्धान गरिरहेको छ । अनुसन्धानका जागिरे भएकाले अपराधिक समूहबाट हत्या भएको हुनसक्छ भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले भने,केही दिनमै घटनाको बिस्तृत अनुसन्धान पूरा हुन्छ । घटनामा संलग्न व्यक्तिहरु कुनै पनि हालतमा उम्किन नपाउने उनले बताए । त्यस्तै प्रहरीले प्रविनका निकट महिला साथीहरुसंग पनि सोधपुछ गरिरहेको जनाएको छ । घटनाको प्रकृृति हेर्दा उनलाई बोलाएर सामूहिकरुपमा हत्या भएको हुनसक्ने शंका गरिएको छ । मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान सुरु भएको बाँकके प्रहरीले जानकारी दिएको छ ।
ृमृतक प्रविनका बुबा डम्मर थापा मगर नेकपा बाँकेका नेता हुन । एकमात्र छोराको हत्या भएपछि परिवार शोकमा डुबेको छ । स्थानीयले घटनामा संलग्न व्यक्तिहरुको पत्ता लगाई कारवाहीको माग गरिरहेका छन् । बाँके प्रहरीले ढिलो नगरी घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।