यादवको निधनको शोकमा नरैनापुरमा सार्वजनिक बिदा - Dastabej

यादवको निधनको शोकमा नरैनापुरमा सार्वजनिक बिदा


  • दस्तावेज

  • नरैनापुर(बाँके), माघ ३ । नरैनापुर गाउँपालिकाले पूर्वमन्त्री दिनेशचन्द्र यादवको निधनको शोकमा सार्वजनिक विदा दिएको छ । आज (शनिवार) बसेको गाउँपालिकाको बैठकले भोलि (आइतबार) एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिनुभयो । नरैनापुर गाउँपालिकाभित्रका आकस्मिक स्वास्थ्य सेवा बाहेक स्थानीय तहका सरकारी तथा गैरसरकारी संघसंस्था र विद्यालयहरुमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाले यादवको निधनमा गहिरो दुःख ब्यक्त गरेको छ । स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभचिन्तकहरुप्रति गहिरो समबेदना प्रकट गरिएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर निवासी यादव लोकप्रिय नेता हुनुुहुन्थ्यो । २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित यादव खानेपानी तथा सरसफाई राज्यमन्त्री बन्नुभएको थियो । हाल भूमी सम्बन्धि समस्या समाधान आयोगका सदस्य रहनुभएका यादवको विहीबार विहान ग्राण्डी अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो । पुष १२ गते कोरोना संक्रमित हुनुभएका यादवलाई थप उपचारका लागि १३ गते हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो । उहाँ मधुमेहका विरामी पनि हुनुहुन्थ्यो ।

  • ३ माघ २०७७, शनिबार १९:०५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार