जयकिसान स्पोर्ट्स ‘ए’ विजयी - Dastabej

जयकिसान स्पोर्ट्स ‘ए’ विजयी


  • दस्तावेज

  • जयकिसान स्पोटर््स क्लब, बाँकले आयोजना गरेको प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताकामा जयकिसान स्पोर्ट्स ‘ए’ विजयी भएको छ । जयकिसानले राजापुर क्लब, बर्दियालाई हराएको हो ।
    शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा जयकिसान स्पोटर््स क्लब ‘ए’ले राजापुरालाई ४–० ले हरायो ।
    जयकिसानका तर्फबाट निरज चौधरीले २२ मिनेटमा पहिलो गरेका थिए । साथै विक्रमसिंह ठकुरीले २७ र ५६ मिनेनमा गरी दुई गोलका साथ जयकिसानलाई अर्गता दिलाएका थिए ।
    र कृष्ण गुरुङले जयकिसानका लागि ७० मिनेटमा थप एक गरेर जयकिसानलाई चार गोलको अग्रता दिलाएका थिए ।
    त्यसैगरी पहिलो क्वाटरफाइनलमा मसुरिया क्लाब, धनगढीले रेसिङ साहरा क्लब कोहलपुरलाई २–० ले हरायो । मसुरियाका लागि विवश बोहाराले दुई गोल गरेका थिए ।
    बोहराले ६ र ६८ मिनटमा मुसुरियाका लागि लोगल गरी खेलमा अग्रता लिएका थिए ।
    जय किसानले आयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् ।
    नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए । मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

  • ३ माघ २०७७, शनिबार १९:२६ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा