जानकीका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड बितरण - Dastabej

जानकीका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड बितरण


  • दस्तावेज

  • जानकी गाउँपालिका वडा नं. ३ कर्मोहनाका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिएको छ । महिला जनचेतनामुलक अभियान अन्तरगत बी योर सेल्फ नामक संस्थाले शनिवार प्याड वितरण गरेको हो । कार्यक्रममा २ सय जनालाई प्याड वितरण गरिएको संस्थाका अध्यक्ष गौरव शाहले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष अनुपा चौधरी, कोषाध्यक्ष प्रेक्षा केसी, पुर्व मिस नेपालगंज सुमन थापा, मधु योगी लगाएतले सामाग्री हस्तान्तरण गरेका थिए । वितरण कार्यक्रममा महिनावारीका वारेमा जनचेतनामुलक नृत्य, नाटक प्रदर्शनका साथै स्वास्थ्य सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो । नेपालगन्जका युवाहरुद्वारा स्वतस्फुर्त रुपमा गठित संस्थाले यस अघिपनि आर्थिक संकलन गरि विपन्न तथा असहायहरुलाई खाना खुवाउने लगाएतका सामाजिक क्रियाकलापहरु गर्दै आएको सचिव करण शाहले जानकारी दिनुभयो । कार्यक्रममा ए एण्ड बि ट्रेड सप्लायर्स, विनायक मेडिकल, शुभम जनरल स्टोर लगायतले बिभिन्न सामाग्री सहयोग गरेका थिए ।

  • ३ माघ २०७७, शनिबार १९:३१ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. ‘रेशम चौधरी बर्दिया निर्वाचन न. २ बाट उम्मेदवारी दिने पक्का’
  • ७. बाँकेमा मजदुरीको ज्याला बढ्यो