बांकेका लाखे र श्रेष्ठको जोडि फाइनलमा – Dastabej

बांकेका लाखे र श्रेष्ठको जोडि फाइनलमा


  • सुनिल रेग्मी

  • १२ वर्षपछि मैदानमा ओर्लिएका नेपालगन्जका ब्याडमिन्टन खेलाडी अनिल लाखेको जोडि १०औंं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिराहाको गोल बजारमा शुक्रबार भएको भेट्रान्स डबलको सेमिफाइनलको खेलमा पाल्पाका बसन्तलाल बज्राचार्य र महेशमानको बज्राचार्यको जोडिलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लाखे र सुवाश श्रेष्ठको जोडिले २१–१५, २१–१७ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा देशभरबाट ३ सय जना खेलाडीको सहभागिता रहेको थियो ।
    भेट्रान्स डबलमा उपाधि जित्ने खेलाडीले नगद २० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछ भने उप विजेता हुने खेलाडीले रु. १० हजार र तृतीय हुने खेलाडीले रु. ५ हजार नगद प्राप्त गर्नेछन् ।

  • ३ माघ २०७७, शनिबार २०:०६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता