बिओपीहरुको सक्रियता पछि तस्करहरुको भागाभाग – Dastabej

बिओपीहरुको सक्रियता पछि तस्करहरुको भागाभाग

सशस्त्र प्रहरीका बाँकेभरका सीमामा रहेका कटकुइयाँँ, नरैनापुर, गंगापुर, खडैंचा, कालाबन्जार, जमुनाहा, जयसपुर र बढैैया बिओपीहरुले तस्करहरुलाई कडा निगरानीमा राखेपछि तस्करहरु दुलोभित्र पसेझैं भएका छन् ।


  • सुनिल रेग्मी

  • सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले तस्करी नियन्त्रण गर्न दिएको कडा निर्देशनसँगै सशस्त्र प्रहरीले अवैध सामग्री ओसारपसारलाई कडा निगरानी गर्दै आएको छ । सशस्त्र प्रहरीको कडा निगरानीले तस्करहरुको निद्रा हराम भइरहेको छ ।

    सशस्त्र प्रहरीका बाँकेभरका सीमामा रहेका कटकुइयाँँ, नरैनापुर, गंगापुर, खडैंचा, कालाबन्जार, जमुनाहा, जयसपुर र बढैैया बिओपीहरुले तस्करहरुलाई कडा निगरानीमा राखेपछि तस्करहरु दुलोभित्र पसेझैं भएका छन् ।अहिलेको समयमा ती बिओपीहरुले सानो भन्दा सानो सामग्री ल्याउनलाई समेत कडाई गरेका छन् । यसो त कहिलेकाहींँ सुरक्षा निकायको आँँखा छल्दै सानातिना सामग्री भने तस्करहरुले भारतबाट ल्याउने भएपनि मामा तैनाथ सशस्त्र प्रहरीले त्यस्ता तस्करीका अवैध सामग्रीलाई कर्यापझ्याप बनाउंँदै आएको छ।

    तस्करहरुले आज बिहान सशस्त्र प्रहरीको आँँखा छल्दै अवैध सामग्री ल्याएपनि सशस्त्र प्रहरीले बिफल पारिदिएको छ । तस्करी कार्यलाई समाप्त पार्ने अभियानमा लागेको सशस्त्र प्रहरीले नेपालगन्जको  नाकाबाट भारतबाट ल्याउंँदै गरिएको अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक हर्क थापाको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवाको नाकाबाट भारतबाट तस्करहरुले लुकाईछिपाई ल्याउंँदै गरेको अवैध लत्ताकपडा बरामद गरेको हो ।

    बरामद गरिएका अवैध लत्ताकपडामा कोट पाइन्टको ५० पिस काँँचो र ९५ पिस लेडिज सुट रहेको सशस्त्र प्रहरीले बाँकेले जानकारी दिएको छ । बरामद गरिएका उक्त लत्ताकपडाको मूल्य १ लाख २६ हजार रुपैयाँ रहेको छ । बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आज बिहान आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । जे होस् अहिलेको समयमा सशस्त्र प्रहरीले बाँकेमा तस्कर ठेगान लगाउन सुरु गरिसकेको छ । सशस्त्र प्रहरीको यो कार्यप्रति बाँकेका स्थानीय ब्यापारी समेत खुशी भएका छन् ।

  • ४ माघ २०७७, आईतवार २१:०९ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश