नेपालगन्ज । बह्रीया अर्थात निकै सुन्दर । यही सुन्दरता कारण पुर्खाहरुले तालको नाम बह्रैया राखे । १ सय १० विगहा क्षेत्रफलमा फैलिएको ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । संघीयता आएपछि तालको नामबाट पालिकाको नाम बढैयाताल गाउँपालिका राखिएको छ । बह्रीयालाई नेपाली भाषामा बढैया लेखिने गरिएउको छ । उक्त ताल बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ५ मा पर्दछ । कमलको फूलले ताल ढकमक्कै ढाकिएको छ । टेलुनीयाको फूल मगमगाउँछ । सेल्की, गेजरा, भँसेर लगायतका अनगिन्ती पानीमा पाईने जडीबुटी पाईन्छ । उक्त तालमा ३१ बढी प्रजातिका स्थानीय चराहरु पाईने स्थानीय बताउ“छन् । मुलुककै दुर्लभ प्रजातीका चरा पनि यहाँ पाइन्छन् । साइबेरिया र भारतबाट पनि पहुनाका रुपमा चरा आउँछन् । यहाँ सरास, करे¨कुरुङ, साईबेरिन, हाँस, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउ“, टिमटिमा, मलाह चिल, माटी कोरी पजातीका चरा देख्न पाईन्छन् । त्यस्तै डुबुल्की, जलेवा, चखेवा, ७ प्रजातीका बकुला, लाल टाउके गरुड, करी साँवरी, सिलसिले, खडखडे हाँस, विजुलागैरी, हरियो टाउके, सुईपुच्छे, सिम कुखुरा लगायत प्रजातीका चार हेर्न सकिन्छ ।
तालको संरक्षणमा रैथाने थारु समुदायको परम्परा जोडिएको छ । तालमा पस्नुअघि स्थानीयले कमलको फूल टिपेर शंकर र पार्वती (लगवालगीनीया) लाई चढाउँछन् । शकर र पार्वती बह्रैयातालमा नाग र नागिनको अवरणमा घुम्न आएको विश्वास गरिन्छ । मासिकश्राव भएका बेला महिलाहरु तालमा पस्न पाउँदैनन् । फोहोर गर्न निषेध गरिएको छ । सिनो फाल्न पाईदैन ।