बढैयाताल युवा क्वब घोषणा - Dastabej

बढैयाताल युवा क्वब घोषणा


  • दस्तावेज

  • बर्दिया— बढैयाताल गाउँपालिका वडा वडा नम्बर ४ मा बढैयाताल युवा क्वब घोषणा गरिएको छ । आइतबार माघ मिलन कार्यक्रम गरी क्लब घोषणा गरिएको हो । थारु समुदायको महान पर्ब माघको अवसर पारेर नवागठित वडा स्तरिय बढैयाताल युवा क्बलको औपचारिक घोषण संगै माघ मिलन कार्यक्रम गरेको क्लबका अध्यक्ष शम्भु प्रसाद थारुले बताए । अध्यक्ष थारुले वडाका युवामा सचेतना पैmलाउदै समाजिक काम गर्ने उद्देश्यका साथ क्लब स्थापना गरिएको जनाए । कार्यक्रमा समाजिक भवना भएका शिक्षित युवाहरुले खुला रुपमा क्लबमा अबद्ध हुन सक्ने क्लबले जनाएको छ । क्लबको उपाध्यक्षमा शुसिला थारु, सचिवमा शुकदेव थारु, सह सचिवमा धुनिराज थारु, कोषाध्क्षमा प्रदिप थारु लगायत् ११ सदस्य कार्यसमिति गठन गरिएको छ ।

    कार्यक्रममा लुम्बिनी प्रदेश संसद कबिराम थारुले समाजमा रहेको बिभिन्न कुरिति बिकृतिलाई हटाउनका लागि क्लबको भुमिका अवश्यक रहेको बताए । अहिले पनि समाजमा बिभिन्न किसिमकको बिकृति मौलाउदै गएकाले क्लबले समाजमा जनचेतनाको माध्यमबाट त्यस्ता बिकृतिहरुलाई हटाउनका लागि काम गर्नु पर्ने सुझाब सांसद थारुले दिए । यस्तै बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले आप्mनो ठाउँको बिकास गर्नका लागि सचेत नागरिकको भुमिका अवश्यक रहेकाले सचेतनामार्पmत युवा क्लबले बिकासमा सकारात्मक भुमिका निर्वाह गर्ने बताए । क्लबलाई अगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत अध्यक्ष श्रेष्ठले जनाए । यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले समाजमा युवाहरु बालबिवाह, लागुऔषध समाजिक बिकृतिमा दिनप्रतिदिन फस्दै गएकाले क्लबले यस्ता बिकृति हटाउनका लागि भुमिका निर्वाह गर्नु पर्ने सुझाव दिनु भयो । यस्तै थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले थारु समुदायमा सचेतनाका कमीका कारण आप्mनो हक अधिकारबारे पनि नागरिकहरु चेतना नभएकाले क्लब मार्पmत यस्ता सचेतना जगाउनु पर्ने बताए । कार्यक्रममा थारु परिकार, थारु संस्कृतिको नाचगान भेषभुषा समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम स्थाल बढैयाताल गाउँपालिका ४ को दक्षिण भकारी गाउँमा दर्शकले खचाखच भरिएका थिए । मंचमा कलाकार खेम भगौरिया, श्रीदेबी थारु, बिवास चौधरी, सजिना थारु , झारण चौधरी लगायत्को प्रस्तुति हरेर दर्शकहरु रमाएका थिए ।

  • ५ माघ २०७७, सोमबार १७:५४ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा