के गर्ला सर्बोच्चले ? - Dastabej

के गर्ला सर्बोच्चले ?

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ जारी


  • दस्तावेज

  • ँकाठमाडौंँँ—प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमा मंगलबार ब साढे ११ बजेबाट संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ । ईजलासको नेतृत्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरिरहेका छन् । ईजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सहभागि छन् । निवेदक सन्तोष भण्डारीले दर्ता गरेको रिटमाथि कानुन व्यवसायीले बहस गरिरहेका छन् ।बहसको सुरुवात अधिवक्ता शिवकुमार यादवले गर्दै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको र प्रधानमन्त्रीले संसद्‌मा गएर विश्वासको मत लिनुपर्नेमा संविधानको धारा ७६ को उपधारा १ अनुसारको भनेर नमिल्दो तर्क गरिरहेको बताए । बहस सुनेपछि न्यायाधीश सपना प्रधान मल्लले हालको सरकार र प्रधानमन्त्री संविधानको धारा ७६ को उपधारा १ बमोजिम हो कि उपधारा २ बमोजिमको हो ? भनेर प्रश्न गरिन । यादवपछि अर्का अधिवक्ता शेरबहादुर ढुंगानालगायतले बहस गरिरहेका छन् । सुनुवाइमा सहभागी कानुन व्यवसायीले राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यास तथा संविधानविपरीत भएको तर्क गरिरहेका छन् ।

  • ६ माघ २०७७, मंगलवार १४:३८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ