मात्र एउटा प्रतियोगी बनि दौडिरहनु पर्छ
दुख – पीडा केहि नभनि दौडिरहनु पर्छ
जिन्दगी एक दौडिने प्रतियोगिता हो मित्र
जहाँ , खुट्टै नहुने हरु पनि दौडिरहनु पर्छ
हिड्ने बाटा अप्ठ्यारा छ्न अवसर पनि छ्न
कठिनाइ हरु छ्न!!, झन अवसर पनि छ्न
फरक सोच, फरक विचार, फरक नजर ले हेर
चुनौती हरु मात्रै ~ छैनन् अवसर पनि छन
केहि आफ्ना केहि अरु पछि – पछि छन
अघि आउनै सक्दैनन् बरु पछि-पछि छन
केहि कदम अघि हुदां गर्व लाग्छ मलाई
खुट्टा तान्न खोज्ने हरु पछि – पछि छन
आफ्नै विचार लाई मार्ग बनाइ चल्ने सामार्थ्य राख्छ
चुनौती हरुमा आगो लगाइ …बल्ने सामार्थ्य राख्छ
त्यही मान्छे हो… जसले ~ दुनिया बदल्न सक्छ
जो सुरुमा आफुले आफैलाइ बदल्ने सामार्थ्य राख्छ
भाग्यलाई दोष नदेउ मित्र तिम्रो हातमा छ
जिन्दगी को – वृत्तचित्र तिम्रो हातमा छ
यो सम्झ्यौ कि जिन्दगी खाली कागज हो
के के लेख्ने कागज भित्र तिम्रो हातमा छ
दुबिधा छैन , छैन दुईमत तिमि भित्रै छ
बिश्वास गर सत-प्रतिशत तिमि भित्रै छ
एक दुई ठक्कर खादैँमा हार नमान मित्र
संसार जित्न सक्ने तागत तिमि भित्रै छ