श्याम थापा प्रथम स्मृति फुटबलमा मसुरिया एकेडेमी कैलाली फाइनलमा प्रवेश - Dastabej

श्याम थापा प्रथम स्मृति फुटबलमा मसुरिया एकेडेमी कैलाली फाइनलमा प्रवेश


  • दस्तावेज

  • मसुरिया एकेडेमी कैलालीले भारतिय टिम सहारा एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
    बाँकेमा संचालन भइरहेको स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनमा मसुरियाले सहारालाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
    जयकिसान स्पोटर््स क्लबले आयोजना गरेको प्रतियोगिताको मंगलबार संचालन भएको पहिलो सेमिफाइनलमा खेलभर मसुरिया र सहाराबीच १–१ गोलको बराबरी रह्यो । खेलमा सहाराका खेलाडी समुअल राजले ३७ मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
    खेलको दोस्रो हाफको १३ मिनेटमा मसुरियाका खेलाडी चेतन कठाएतले गोल गरेर खेललाई बराबरी बनाएका थिए ।
    टाइब्रेकरमा भने मसुरियाका दिवस बोहोरा, चेतन कठाएत, हेमन्त क्षेत्री, ओमप्रकास चौधरी र विष्णु चौधरीले गोल गरे ।
    सहाराका तर्फबाट समुअल राज, कमल थापा, जाभेद खानले गोल गरे भने सन्जय सिंहको बल प्रहारलाई सहाराका गोलकिप्परले छेक्न सफल भएका थिए ।
    मसुरियाले फाइनलमा कपका लागि बुधबार हुने दोस्रो सेमिफाइनको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
    दोस्रो सेमिफाइनलमा आयोजक जयकिसान स्पोटर््स क्लब ‘ए’ र एफएफएसए दाङले प्रतिस्पर्धा गर्नेछन् ।
    प्रतियोगिताको अन्तिम फाइनल खेल माघ ९ हुनेछ ।
    खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
    खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

  • ६ माघ २०७७, मंगलवार १८:१४ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा